प्रधानमन्‍त्री ओली केही बेरमा डिस्चार्ज हुँदै, अस्पताल पुगिन् राष्ट्रपति

१९ मंसिर, काठमाडौं ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डिस्चार्ज गरिने भएको छ । स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएकोले अब बालुवाटारमै आराम गर्ने गरी डिस्चार्ज गर्नेबारे मेडिकल टिमले तयारी थालेको छ।

प्रधानमन्त्रीलाई दिउँसो ३ बजे डिस्चार्ज गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले ट्विटमा लेखेका छन् ‘प्रधानमन्त्रीज्यू अपरेशनपछि पूर्ण स्वास्थ्यलाभ गरेर आजै दिउँसो ३ः०० बजे अस्पतालबाट डिस्चार्ज हुनुहुने सुखद समाचार सबैको जानकारीका लागि अनुरोध गर्दछु’

त्यसअघि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी छन् । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top