स्वरसम्राट स्मृति सम्मान रञ्जित गजमेर र जगतमर्दन थापालाई

१८ मंसिर ७६, बिहीबार

१९ मंसिर, काठमाडौँ ।

संगीतकार रञ्जित गजमेर र गायक जगतमर्दन थापालाई स्वरसम्राट स्मृति सम्मान २०७६ बाट सम्मानित गरिएको छ । स्वरसम्राट नारायण गोपालको २९ औें स्मृति दिवसका अवशरमा नारायण गोपाल संगीत कोषले गजमेर र थापालाई जनही २५ हजार नगद र सम्मानपत्रसहित सम्मानित गरेको हो ।

थापालाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्मानपत्र हस्तान्तरण गरे । गजमेर कार्यक्रमका अनुपस्थित थिए । उनी काम विशेषले बाहिर भएकाले कार्यक्रममा अनुपस्थित रहनुभएको कोषले जनाएको छ । कार्यक्रममा बोल्दै राज्यमन्त्री मानन्धरले स्वरसम्राट नारायण गोपालको स्मृतिसभामा सहभागि हुन पाउनु आफ्नो सौभाग्य भएको बताए । सुख र दुःखमा मात्रै नभएर फुर्सद मिलाएर जुनसुकै समयमा पनि मन्त्रालयमा भेट्न आउन अनुरोध गर्दै उनले घरपरिवारको बीचमा गाह्रो हुँदा समेत सम्झिन आग्रह गरे ।

Advertisement

कोषको नयाँ निर्माण हुने भवनको शिलान्यास समेत गरिएको छ । महानगरका प्रमुख शाक्यले भवनको शिलान्यास गरेका हुन् । कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंमा भएको थियो । उनको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भयो । नेपाली सांगीतिक क्षेत्रमा गहिरो प्रभाव छाडेर संसारबाट विदा हुनुभएका स्वरसम्राट अहिले पनि जनजनको मनमनमा जीवन्त छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top