मुअब्जा कम भएपछि बुढीगण्डकी प्रभावित आन्दोलित

मुअब्जा कम भएपछि बुढीगण्डकी प्रभावित आन्दोलित

१९ मंसिर, काठमाडौँ ।
बुढीगण्डकी प्रभावित क्षेत्रमा सरकारले तोकेको मुआब्जा कम भएको भन्दै त्यस क्षेत्रका बासिन्दाहरुले राजधानी काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले बिहीबार पनि मुआब्जा कम भएको भन्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित गोर्खाको आरुघाट आर्खेत र धादिङ्को विशालनगर खहरे क्षेत्रको मुल्य निर्धारण पुर्नविचार गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । सरोकार समितिका अध्यक्ष दिनेश कुमार ढकालले सरकारले यसअघि धेरै कम मुल्य निर्धारण गरेको बताए । उनले आफुहरुको सहमति बिना मूल्य निर्धारण गरिएकाले आफुहरुलाई मान्य नहुने बताए ।

उनीहरुले तत्काल आफुहरुसँग वार्तागरी पुनः मूल्य निर्धारण नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.