२० मंसिर, मुगु । नेपालको सवैभन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको रारामा नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेको छ ।
बिहीबारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका बरिष्ठ ईन्जिनियर प्रेमबहादुर क्षेत्रीले बताए ।
नेपाल टेलिकमको बरिष्ठ ईञ्जिनियर क्षेत्रीसहित नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर नेपाल टेलिकमले द्रुत गतिको फोरजी सेवा सञ्चालनमा ल्याउन ४ जनाको टिम अहिले रारामा रहेको क्षेत्रीले बताए ।
चाईनिज सप्लार्यरकर्ता चाईना कम्यूनिकेशन सर्भिसेस ईन्टरनेश्नलले फोरजी सञ्चालनका लागि आवश्यक उपकरण जडान गर्ने जिम्मा लिएको थियो ।
रारासँगै अब जुम्ला, मुगु र कालिकोटमा पनि फोरजी संचालन गर्ने तयारी थालिएको नेपाल टेलिकमले जनाएको छ । टेलिकमले राराको हुटुमा फोरजीको टावर राखेर सेवा सञ्चालन गरेको छ ।
एक हजार आठ सय मेगाहर्जमा फोरजी सेवा सुरु गरिएको बरिष्ठ इन्जिनियर क्षेत्रीले जानकारी दिए । यो सेवा सुरु भएसँगै पर्यटकलाई संचारका लागि सहज हुने भएको छ ।
फोरजी सेवा सञ्चालनमा आएसँगै रारा आउने पर्यटक र बिकट मुगुका बासिन्दाहरुले उच्च गतिको मोबाइल इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् ।