×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

चितवनको कृषि विश्वविद्यालयले प्रवेश परीक्षा शुल्क बढाएको विरोधमा विद्यार्थीहरु आन्दोलित

२० मंसिर २०७६

२० मंसिर, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको कृषि संकायले प्रवेश परीक्षा शुल्क बढाएको विरोधमा विद्यार्थीहरु आन्दोलित भएका छन् ।

कृषि शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीको ढाड सेक्ने गरी प्रवेश परीक्षा शुल्क बढाएर ५ हजार पुर्याएको भन्दै फिर्ता लिन विद्यार्थी संगठनहरुले माग गरेका छन् । कृषि संकायले आइतबार सूचना प्रकाशन गरी प्रवेश परीक्षा शुल्क पाँच हजार तोकेको हो ।

Advertisement
Advertisement

शुल्क वृद्धिको विरोधमा अनेरास्ववियू, अनेरास्ववियु (क्रान्तिकारी) र नेविसंघले शुक्रबार बिहानैदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालय शितलचोकमा नारावाजी गरे । उनीहरुले वृद्धि भएको शुल्क तुरुन्त फिर्ता लिन चेतावनी दिए ।

अनेरास्ववियूका अध्यक्ष सन्तोष खतिवडाले विद्यार्थीसँग अधिक पैसा उठाएर अपारदर्शी ढंगबाट खाने योजना अनुसार शुल्क बढाइएको आरोप लगाए । आन्दोलनरत विद्यार्थीहरुले कृषि संकायमा डिनको कार्यालयमा तालावन्दी गरेका छन् ।

आफूहरूको माग पूरा नभएकाले प्रशासनिक काम ठप्प पार्न बाध्य भएको अनेरास्ववियुका इकाइ अध्यक्ष खतिवडा, अनेरास्ववियु क्रान्तिकारीका इकाई अध्यक्ष विवेक पौडेल र नेविसंघका इकाई सभापति संयम पण्डितद्वारा संयुक्त हस्ताक्षरसहितको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विद्यार्थीले प्रवेश परीक्षा नै ५ हजार रुपैयाँ राखेर गरिब, जेहेन्दार विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित बनाउन खोजेको आरोप लगाएका छन् ।

विश्वविद्यालयमा कार्यालय सहायक परीक्षामा आवेदन शुल्क ८ सय, अधिकृत स्तरको कर्मचारीको आवेदन शुल्क १ हजार तथा सहप्राध्यापकको आवेदन शुल्क १७ सय ५० मात्रै भए पनि पढ्न आउने विद्यार्थीको आवेदन शुल्क ५ हजार तोकेर विद्यार्थीमाथि ब्रम्हलुट गर्न खोजिएको विद्यार्थीको भनाइ छ । तत्काल शुल्क नघटाए अझै कठोर कदम चाल्न बाध्य हुने संघसंगठनले चेतावनी दिएका छन् ।

कृषि संकायले संकाय रामपुर र ७ वटा आंगिक क्याम्पस तथा ७ वटा निजी सम्बन्धन प्राप्त कलेजमा स्नातक तह बिएस्सी एजीमा भर्ना खुल्ला गरेको छ ।

केन्द्रीय क्याम्पस, आंगिक कलेज वा निजी क्याम्पसमा विद्यार्थीको चाहना अनुसार छनोट गर्न पाउनुपर्ने र सोही अनुसार मात्रै रकम तोकिनुपर्नेमा एकमुष्ट पाँच हजार प्रवेश शुल्क राखेकोले जसरी पनि पैसा उठाउने ध्याउन्नमा संकाय लागेको विद्यार्थीहरुको आरोप छ ।

Advertisement

यता, कृषि संकायका डिन जयप्रकाश दत्तले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि र आन्तरिक आय स्रोत बढाउन शुल्क बढाएको प्रतिक्रिया दिएका छन् । गत वर्ष कृषि संकायमा ४ सय विद्यार्थी भर्ना भएका थिए । यस वर्ष ५९८ जना भर्ना हुन पाउने जनाइएको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top