सिंघीया सफाई महाअभियान सुरु (फोटो फिचरसहित)

२१ मंसिर, विराटनगर ।
‘सिंघीया खोलाको सफाई अभियान हामी सबैको शान’ भन्ने नाराका साथ प्रदेश १ सरकारको अगुवाईमा सिंघीया सफाई महाअभियान सुरु भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको संयोजन तथा विराटनगर महानगरपालिका, कटहरी, बूढीगंगा, ग्रामथान र जहदा गाउँपालिकासहित ५ स्थानीय तहको सहकार्यमा शनिबार देखि सो अभियान सुरु गरिएको हो ।

विराटनगर–३ पुष्पलाल चौकस्थित घिनाघाटबाट सुरु भएको अभियानको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, कटहरी गाउँपालिकाका मेयर रामकुमार कामतलगायतले खोलाको फोहोर संकलन गरेर थालनी गरेका छन् । सफाई अभियानमा विभिन्न संघसंस्था, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल आर्मी, राजनीतिज्ञ तथा स्थानीयहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

 

अभियानको पहिलो दिन शनिबार घिनाघाटदेखि बुद्धचोक निस्कने बाटोसम्म करिब डेढ किलोमिटर सरसफाई गरिएको छ । सरसफाई पछि बोल्दै सामाजिक विकास मन्त्री घिमिरेले यसअघि जति फोहोर फ्याँकियो त्यसप्रति पश्चाताप गर्दै अगामी दिनमा फोहोर नफ्याँक्न अनुरोध गरे । सबैले आफ्नो वरपरको खोला, नदी सरसफाई गर्दै सुन्दर र सफा प्रदेश बनाउन प्रदेशबासी लाग्नुपर्नेमा उनले जोड दिए । उनले तटबन्ध निर्माण, ग्रीनबेल्ट लगायतका कुराहरुलाई पनि आगामी दिनमा योजना बनाएर जाने बताए । सिंघीया खोलाबाट सुरु गरिने अभियानलाई प्रदेशभरि विस्तार गरेर लैजाने योजना रहेको मन्त्री घिमिरेले बताएका छन् ।

त्यस्तै विराटनगर महानगरपालिकाका मेयर पराजुलीले अभियानका लागि विभिन्न समिति बनेको जानकारी दिँदै यो अभियानलाई कसरी दीर्घकालीनरुपमा लिएर जाने भन्ने बारेमा प्रदेश सरकारसँग छलफल गरेर अघि बढ्ने बताए ।

सरसफाईमा सहभागिहरुले जागरण ल्याउने यो अभियान एकदमै राम्रो भएको र आगामि दिनमा योजना बनाएर दीर्घकालिनरुपमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । हरेक १५ दिनमा सञ्चालन गर्ने सरसफाई अभियान अब आगामी पुस ५ गते हुनेछ । संकलन गरिएको फोहोरलाई विराटनगर महानगरपालिकाले ब्यबस्थापन गर्ने छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top