‘मिस वर्ल्ड’को भोटिङमा नेपालकी अनुष्का दोस्रो स्थानमा

‘मिस वर्ल्ड’को भोटिङमा नेपालकी अनुष्का दोस्रो स्थानमा

२१ मंसिर, काठमाडौँ ।
‘मिस नेपाल वल्र्ड’ अनुष्का श्रेष्ठ ‘मिस वल्र्ड २०१९ ’ मा सहभागी हुन बेलायतमा छिन् । अहिले ‘मिस वल्र्ड’को लागि भोटिङ चलिरहेको छ । डिसेम्बर १४ मा आयोजना हुने ‘मिस वल्र्ड’ अनुष्काले नेपालको राम्रो र सम्मानजनक रूपमा प्रतिनिधित्व गर्नेमा सबैले आशा राखेका छन् ।

नेपालको प्रतिनिधी गरिरहेकी अनुष्का श्रेष्ठ भोटिङको दोस्रो स्थानमा छिन् । भोटिङमा पहिलो स्थानमा रहने सुन्दरी उत्कृष्ट २० मा सोझै पुग्नेछन् । सर्वाधिक भोट ल्याउने सुन्दरीले ‘मल्टिमिडिया अवार्ड’ जित्नेछिन्, जसलाई उनलाई उत्कृष्ट २० मा सोझै पुर्याउनेछ ।

पहिलो स्थानमा भियतनामकी लोअङ थुय लिंह रहेकी छिन् । नेपाल पछी बङ्गलादेशकी रफह तेर्सा रहेकी छिन् । अन्य देशका प्रतिस्पर्धीहरु भोटमा धेरै नै पछि छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.