×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026

महिलालाई हेल्थ पोस्टमा लगेर बलात्कार गरेको आरोपमा डाक्टर पक्राउ

२१ मंसिर २०७६

२१ मंसिर,रौतहट ।
महिलालाई जबरजस्ती बलात्कार गरेको आरोपमा रौतहटका एक डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । यमुनामाई गाउँपालीकाको सरुअठा हेल्थ पोस्टका इन्चार्ज ४५ बर्षिय सुधिर कुमार सिंहलाई बलात्कार आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले शुक्रबार साँझ सदरमुकाम गौरबाट पक्राउ गरेको हो।

गत मंसिर १८ गते चितवनबाट रौतहटको सदरमुकाम घुमफिर गर्न आएकी एक ३० बर्षिया महिला घर फर्किनको लागी गौर बसपार्कमा बसको पतिक्षा गरिरहेकैं बेला डाक्टर सिंहले ति महिलालाई चितवनको बस चढाइदिने भन्दै मोटरसाइकलमा राखेर सदरमुकामबाट करिब १५ किलोमिटर उतर सरुअठा हेल्थ पोस्टमा लगे। हेल्थ चन्द्रनिगाहपुरबाट चितवनको गाडी चढाइदिने बाचा गरेर मोटरसाइकल पछाडी बसाएका महिलालाई डाक्टर सिहले सरुअठास्थित हेल्थ पोस्टमा रातभर थुनेर जवरजस्ती बलात्कार गरेका थिए।

Advertisement
Advertisement

सिंहले महिलालाई चरम यातना दिएर बलात्कारको शिकार बनेकी महिला मंसिर १९ गते मकवानपुर पुगेर विभिन्न महिला अधिकारवादी संघ संस्थाको सहयोगमा मकवानपुर प्रहरीलाई आफुमाथि भएको घटना विवरण सुनाएपछि मकवानपुर प्रहरीको सहयोगमा पिडित महिला जिल्ला प्रहरी कार्यालय रौतहटमा आएर घटनाको विषयमा जानकारी दिँदै दोषि सिंहमाथि कडा कारवाहीको लागि जाहेर दर्ता गराएकी छिन् ।

Advertisement
Advertisement

प्रहरी हिरासतमा रहेका डाक्टर सिंह सरुअठा हेल्थपोस्टमा अहेव पदमा कार्यरत भएपनि उनि भारतको दरभंगाबाट विडिएस (डेन्टीस्ट) पढेर उनि सदरमुकाम गौरमा दातको निजि क्लीनिक सञ्चालन गरी डाक्टरसमेत लेख्ने गरेका छन्।  पिडत महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षण गरीएको छ। उनको जाहेरीको आधारमा डाक्टर सिंहलाई पक्राउ गरि आवश्यक अनुन्धान भइरहेको रौतहटका प्रहरी प्रवक्ता डिएसपि नविन कार्कीले बताएका छन्।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top