नेपाली महिला फुटबल टोली भारतसँग पराजित, फाइनलमा भारतसँगै भेट

२० मंसिर ७६, शनिबार

२१ मंसिर, पोखरा ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाली महिला फुटबल टिम भारतसंग १–० गोल अन्तरले पराजित भएको छ।

शनिबार पोखरा रंगशालामा सम्पन्न खेलको पहिलो हाफमा भारतकी बाला देबीले १८ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । हार पछि भारत अंकतालिकाको शिर्ष स्थानमा उक्लियो भने नेपाल दोश्रो स्थानमा रह्यो। भारत र नेपाल दुवै टिम यस अघिनै फाइनल प्रवेश गरिसकेका छन्। स्वर्ण पदकको लागि भारत र नेपालले सोमबार खेल्नेछन्।

नेपालले यस अघि श्रीलंकालाई १–० ले तथा माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो भने भारतले माल्दिभ्सलाई ५–० ले तथा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो।

Advertisement

नेपाली पुरुष टिम पनि माल्दिभ्सलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top