भोटेकोशीले विद्युत उत्पादन थालेसँगै राष्ट्रिय प्रसारण लाइनमा थपियो २५ मेगावाट

२१ मंसिर ७६, आइतबार

२१ मंसिर, सिन्धुपाल्चोक ।
मुलुककै निजी क्षेत्रको सबैभन्दा ठूलो ४५ मेगावाट क्षमताको भोटेकोशी जल विद्युत आयोजनाले शनिबारदेखि उत्पादन थालेको छ। विद्युत उत्पादनसँगै आयोजना परिक्षण प्रशारणमा समेत गएको छ।

झण्डै ३ वर्ष अघिको भोटेकोशीको बाढीले ध्वस्त बनाएको संरचना पुर्ननिर्माण सकिएपछि आयोजनाले विद्युत उत्पादन थालेको हो। आयोजनाका सञ्चालक भोटकोशी पावर कम्पनीका महाप्रबन्धक विक्रमरत्न स्थापितले भने‘उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा थपिएको छ’।

हिउँदको समयमा भोटकोशीको बहाब घटेकोले आयोजनाले पुर्नक्षमताको झण्डै आधा मात्र विद्युत उत्पादन गरेको छ। २२ देखि २५ मेगावाट विद्युत उत्पादन भएको उनले जानकारी दिए। २०७३ असारमा आएको भोटेकोशी बाढीले आयोजनमा ध्वस्त बनाएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top