हिंसा अन्त्यका लागि महिलालाई शसक्त बनाउनुपर्नेः ईश्वर पोखरेल

हिंसा अन्त्यका लागि महिलालाई शसक्त बनाउनुपर्नेः ईश्वर पोखरेल

२२ मंसिर, काठमाडौँ ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल हिंसा अन्त्यका लागि महिलालाई आर्थिक,सामाजिक तथा राजनीतिक रुपमा शसक्त बनाउनुपर्नेमा जोड दिएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्र्दभमा आइतबार काठमाडौमा गरेको प्रदेश स्तरीय अभियानलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा शसक्त नबनाएसम्म महिलामाथिको हिंसा अन्त्य नहुने बताउनुभएको हो ।

सरकारको अवाला सरोकारवाला सबै संघ संस्था र नागरिक तहबाट निरन्तर लैङ्गिक हिंसा अन्त्यका लागि प्रयास गरिनुपर्ने र ती प्रयासहरु समानता प्रति लक्षित हुनुपर्नेमा उनले जोड दिए । सबै क्षेत्रमा महिलाले समान हैसियत बनाएपछि हिंसा अन्त्य सहज हुने भन्दै उनले समानता बिना लैङ्गिक हिंसा अन्त्यको अभियान सार्थक नहुने बताए ।

उनले लैङ्गिक हिंसा सामाजिक अपराध हो भन्ने बुझनु र बुझाउनु जरुरी रहेको बताए । लैङ्गिक हिंसालाई व्यक्तिगत मुद्दा भन्दै ढाकछोप गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याएर दण्डनिय बाउनुपर्नेमा उनले जोड दिए । हिंसा अन्त्य गर्दै समानता सहितको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा जुट्न उनले सबैलाई आव्हान समेत गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.