लागूऔषध बनाउने रसायनसहित चिनियाँ नागरिक पक्राउ

२१ मंसिर ७६, आइतबार

२२ मंसिर, काठमाडौँ ।
प्रहरीले लागू औषध बनाउने रसायन सहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले लागू औषध बनाउने ४ किलो २ सय ग्राम रसायन ईफेड्रिनसहित एक जना चिनियाँ नगारिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

प्रहरी नायव महानिरीक्षक दिनेश अमात्यले गएको शुक्रबार कार्गोबाट न्युजिल्याण्ड पठाउन लागिएको उक्त रसायन सहित ३१ वर्षको चिनियाँ नागरिक जाङ चाओलाई पक्राउ गरेको बताए । उनले काठमाडौंको एक कार्गोबाट न्यूजिल्याण्ड पठाउन ल्याएको निलो रङको कागजको डिब्बाभित्र रंगिन चित्र रहेको १० वटा शंकास्पद काठको फ्रेम चेकजाँच गर्दा फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा फेला पारेको जानकारी दिए । प्रहरी नायब महानिरिक्षक अमात्यले न्यूजिल्याण्ड पठाउन लागिएको उक्त रसायन लागू औषध एम्फेटामिन बनाउन प्रयोग गरिने बताए । उनले उक्त इफेड्रिनको चीनमा २ लाख २५ हजार नेपाली रुपैयाँमा खरिद गरी न्युजिल्याण्डमा ५० लाख रुपैयाँमा विक्री गर्न लागेको समेत बताए ।

प्रहरीले यसअघि पनि यस्तै प्रकारको रसायन स्यूडोईफेड्रिन ट्याब्लेट ४७१.८८ केजि सहित आर्य फर्मा सिटिकल्सका सञ्चालकलाई २०७३ साउन १२ गते पक्राउ गरेको थियो । प्रहरीले अहिले पक्राउ परेका चिनियाँ नागरिकलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको समेत बताएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top