आजका प्रमुख खबरहरुः
१.(कोहलपुरमा कर्फ्यु)
विद्यार्थी आन्दोलनले उग्र रुप लिएपछि कोहलपुरमा दिउँसो ३ बजेदेखि कर्फ्यु जारी /एक छात्रालाई ट्रकले ठक्कर दिएर गम्भिर घाइते बनाएपछि आक्रोसित विद्यार्थी र स्थानीबासीद्वारा ट्रकमा आगजनी ।
२.(लागुऔषधको रसायन)
लागूऔषध बनाउने रसायनसहित एक जना चिनियाँ नागरिक पक्राउ /चीनमा २ लाख २५ हजार रुपैयाँमा खरिद गरी न्युजिल्याण्डमा ५० लाख रुपैयाँमा विक्री गर्ने चिनिया नागरिकको तयारी ।
३.(समायोजनको सहमति)
आन्दोलनरत विद्यार्थी र युनिर्भसल मेडिकल कलेजबीच ६ बुँदे सहमति /विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क शिक्षा मन्त्रालयसँग गरिएको सहमति अनुसार समायोजन गर्न कलेज सहमत ।
४.(उत्तरपुस्तिका नै फेरबदल)
विद्यार्थीबाट पैसा लिएर उत्तरपुस्तिका नै फेरबदल गरेको आरोपमा त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृतसहित चार जना विरूद्ध अख्तियारद्वारा मुद्दा / आफ्नो ओहोदा र पदको दुरुपयोग गरेकाले सोही अनुसार कारवाहीको माग ।
५.(मुआब्जाको गाँठो)
बूढीगण्डकी मुआब्जा पुनरावलोकन गर्न सांसद बाबुराम भट्टराई र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको वार्ता टोली गठन/ आयोजनाले प्रति रोपनी ५० हजारदेखि सात लाख रूपैयाँसम्म दिने गरी मुआब्जा निर्धारण गरेपछि स्थानीय आन्दोलित ।
६.(नागरिकतामा मत बाँझिदो)
संघीय संसदको आगामी अधिवेशनबाट पनि नागरिकता विधेयक पास हुनेमा सत्तारुढ दलकै सांसदहरुको आशंका / नागरिकता प्रदान गर्ने सन्र्दभमा महिला र पुरुषलाई समान व्यवहार गरिनुपर्ने सम्बन्धमा सहमति जुट्न सकेन ।
७.(तोकियो कर)
एनसेलमाथि ठूला करदाता कार्यालयद्वारा २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण / कर तिर्न एनसेललाई १५ दिनको समय दिएर पत्राचार ।
८.(शिक्षा वहस)
विकास, समृद्धि र सभ्यताको प्रमुख आधार शिक्षा भएकाले सरकारले विशेष महत्व दिएको नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाई / शिक्षा क्षेत्रमा बढ्दै गएको व्यापारिकरणलाई कम गर्न सामुदायिक विद्यालयको गुणस्तर सुधार अनिवार्य रहेको उल्लेख ।
९.(प्रयोगशालाको उपयोगिता)
विज्ञान र प्रविधि उत्पादनको शक्ति भएकाले देशको समृद्धि र विकासमा प्रयोग गर्नुपर्ने शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भनाई/ कीर्तिपुरमा बन्ने वैज्ञानिक प्रयोगशाले विश्वका प्रतिष्ठित वैज्ञानिकहरुसँग सहकार्य गर्ने नेतृत्व लिनसक्ने विश्वास व्यक्त ।
१०.(हिंसाको अन्त्य कसरी ?)
हिंसा अन्त्यका लागि महिलालाई आर्थिक,सामाजिक तथा राजनीतिक रुपमा शसक्त बनाउनुपर्नेमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको जोड / लैङ्गिक हिंसालाई व्यक्तिगत मुद्दा भन्दै ढाकछोप गर्नेलाई कारवाही गर्नुपर्नेमा जोड ।
११.(लापरवाहीको परिणाम)
लमजुङमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु ,४ जना गम्भीर घाइते / प्रहरी चेक पोष्ट नजिकै रोकेर राखिएको बस सडकबाट गुडेर खोलामा खस्दा दुर्घटना भएको प्रहरीको भनाई ।
१२.(बारमा आगलागी)
इटहरीको मुख्य चोकमा रहेको सूर्य कम्प्लेक्सको बिग बार होटलमा भिषण आगलागी / आगलागीबाट ४ करोड बढीको क्षति/ विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान ।
१३.(पर्यटनका लागि कनेक्टिभिटि)
पर्यटन क्षेत्रमा अुनसन्धान नहुँदा कार्यक्रमहरु ल्याउन नसकिएको पर्यटनमन्त्री योगेशकुमार भट्टराईको भनाई / पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय कनेक्टिभिटिको अवस्थालाई बढाउनुपर्ने चुनौति रहेको उल्लेख ।
१४.(गौरिकाको गौरव)
१३ औं दक्षिण एसियाली खेलकुदमा पौडी खेलाडी गौरिका सिंहले जितिन किर्तिमानी तेस्रो स्वर्ण / देवीकाले जुडोमा स्वर्ण जितेसँगै जारी सागमा नेपालको स्वर्ण पदक संख्या ४५ पुग्यो ।
र,
१५.(शोकमा दिल्ली)
भारतको राजधानी नयाँदिल्लीस्थित एक झोला कारखानामा आगलागी हुंदा कम्तिमा ४३ जनाको मृत्यु /६० जनाको उद्दार/ प्रत्येक मृतकको परिवारलाई १०/१० लाख रुपैयाँ दिने दिल्ली सरकारको घोषणा ।