×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फुटबल फाइनलपछि सागको समापन हुँदै, समापन छोटो र भव्य हुने

२४ मंसिर २०७६

२४ मंसिर, काठमाडौं ।
१३ औँ दक्षिण एसियाली खेलुकद प्रतियोगिता(साग) आज समापन हुँदैछ । विभिन्न चुनौतीबीच मंसिर १५ बाट सुरु साग आज दशौं दिन समापन हुन लागेको हो ।समापन अघि सागका बाँकी विभिन्न खेलहरु हुनेछन् । जसमा सर्वाधिक चासोका साथ हेरिएको पुरुष फुटबलको फाइनल खेल दिउँसो ३ बजे दशरथ रंगशालमा हुनेछ । स्वर्णका लागि नेपाल यू–२३ र भुटान यू–२३ बीच प्रतिस्पर्धा हुनेछ । भुटान पहिलो पटक साग फुटबलको फाइनलमा पुगेको हो भने नेपाल साविक स्वर्ण विजेता हो ।

यस्तै, आजै बास्केटबलतर्फ पुरुष र महिलाको फाइनल खेल हुनेछ । महिलातर्फ ऐतिहासिक रजत पक्का गरिसकेको नेपालको महिला बास्केटबल टिमले फाइनलमा भारतसँग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकद परिषदको कभर्डहलमा खेल्नेछ ।

Advertisement

यस्तै, जुडोतर्फ आज अन्तिम स्वर्णका लागि टिम इभेन्टको खेल हुनेछ । उता, बक्सिङतर्फ आज ८ स्वर्णका लागि फाइनल खेल हुनेछ ।सधैंजस्तै भारत यस पटक पनि पदक तालिकामा अगाडि रहेको छ । नवौं दिनसम्म भारतले सर्वाधिक १५९ स्वर्ण जितेको छ । जुन नेपालको तुलनामा तेब्बर भन्दा बढी हो ।

यस्तै, ५० स्वर्ण जित्ने लक्ष्य राखेको नेपाल ४९ स्वर्णसहित दोस्रो स्थानमा छ । नेपाल लक्ष्यबाट १ स्वर्णले टाढा छ । तर सन् १९९९ मा आठौं साग आयोजना गर्दा हात पारेको दोस्रो स्थान यसपटक पनि सुरक्षित हुने पक्का छ ।

नेपालले आठौं आयोजना गर्दा ३१ स्वर्ण जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । यस पटक त्यो कीर्तिमान तोडिएको छ र एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान बनिसकेको छ ।

तेस्रो पटक नेपालले साग आयोजना सम्पन्न गर्दैछ । १४ औं साग पाकिस्तानमा आयोजना गर्ने निर्णय भइसकेको छ र अब समापन समारोहमा पाकिस्तानले सागको झण्डा ग्रहण गर्नेछ ।

यस्तै १३औं दक्षिण एसियाली खेलकुदको समापन उद्घाटनभन्दा छोटो हुने भएको छ। समापन कार्यक्रम भव्य र छोटो हुने राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्यसचिव रमेशकुमार सिलवालले जानकारी दिए। दशरथ रंगशालामा नेपाल र भुटानबीचको फुटबलअघि दिउँसो १२ः०० बजे संसद्–११ र राष्ट्रसेवक–११ बीच मैत्रीपूर्ण फुटबल हुनेछ। ३ः०० बजे फुटबलको फाइनलपछि खेलाडीको मार्चपास सुरु हुनेछ। मार्चपास सकिएपछि सार्कको १४औं संस्करण आयोजक पाकिस्तानलाई झन्डा हस्तान्तरण गरिनेछ।

Advertisement

समापन समारोहमा सांस्कृतिक कार्यक्रम, विद्यालयका विद्यार्थीको प्रदर्शन तथा ब्यान्ड र सराय नाचको विशेष प्रस्तुति रहनेछ। समापन समारोहमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपमा सदस्यसचिव रमेश सिलवाल र पाकिस्तानका प्रतिनिधिले सम्बोधन गर्नेछन्। यसैगरी समापनका अवसरमा नेपाल भ्रमण वर्षको केही कार्यक्रमसहित आतसबाजी गरिनेछ। १३ औँ साग सोचेभन्दा राम्रो रहेको आयोजकले जनाएको छ ।

भर्खरको समाचार

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

सम्बन्धित खबरहरु

Scroll to Top