२४ मंसिर, काठमाडौं । नेपाल मानवअधिकार संगठनले काठमाडौमा विरोध प्रदर्शन गरेको छ । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा संगठनले राजधानीको माइतीघरमा प्रदर्शन गरेको हो ।
संगठनका काठमाडौं जिल्ला सभापति रविनसिंह बस्नेतले मानव अधिकारका लागि जाग्न र उठ्ने यो अभियानलाई सशक्त रुपमा अगाडी बढाउने उद्देश्यले एक घण्टा प्रदर्शन र धर्ना गरिएको बताए ।
द्वन्द्वपीडितका समस्या, न्यायको भिख मागिरहेकी गंगामायाको अवस्थालाई मनन गर्दै अधिकारकर्मीहरु उठ्नुपर्ने र जाग्नुपर्ने उनले बताए । विभिन्न कार्यक्रमहरुको आयोजना गरि ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस देशभर मनाईंदैछ ।