निर्माण समयमै नसकिएछि पप्पुसंग दुई पुल निर्माणको ठेक्का तोडियो

२५ मंसिर, काठमाडौं । हुलाकी राजमार्ग अन्तर्गतको दुई पुलको निर्माण समयमै नसकिएछि सडक विभाग अन्तर्गत हुलाकी राजमार्ग योजना कार्यलयले ठेक्का सम्झौता तोडेको छ ।

हुलाकी राजमार्ग अन्तर्गत भैरहवा लुम्बिनी सडक अन्तर्गतको लिनाउखोला पुल र सोही सडक खण्डको डोण्डा पुलको निर्माण ठेक्का रद्द भएको हो । यी दुवै पुल निर्माणको ठेक्का पप्पुरवास्ती जेभीले लिएको थियो ।

हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले बुधबार सूचना निकाल्दै उक्त ठेक्का सम्झौता रद्द भएको जानकारी दिएको छ । गत असार ३ गते सूचना निकाल्दै आयोजनाले निर्माण कम्पनीलाई निर्माण कार्य छिटो सक्न आदेश दिएको थियो ।

त्यस्तै, भदौ ४ गते पुनः सूचना निकाल्दै काम ढिलो भएकोमा स्पष्टिकरण पनि मागेको थियो । त्यसपछि निर्माण कम्पनीले कार्यसंशोधन गर्ने नयाँ कार्यतालिका बनाएर काम अघि बढायो।

तर निर्माण कम्पनीले गरेको काममा आश्वस्त हुन नसकेको भन्दै कार्यालयले कानुन अनुरूप नै ठेक्का तोडेको बताएको छ । सूचनामा एक हप्ताभित्र निर्माणस्थल खाली गर्न समेत आयोजनाले निर्माण कम्पनीलाई आदेश दिएको छ ।

आयोजनाले उक्त निर्माण कम्पनीले गरेको कामको भुक्तानीका लागि मंसिर २९ देखि पुस ६ सम्म निरीक्षण टोली पुग्ने सूचनामा उल्लेख छ ।

काठमाडौं उपत्यकाको तीनकुने र टेकुमा पप्पु कन्ट्रक्सनले निर्माण गरिरहेको दुवै पुल भत्काइने भएको छ । गुणस्तरहीन काम भएको भन्दै पुल भत्काउन लागिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top