यःमरि पुन्ही र उधौली पर्वको अवसरमा बिहीबार बिदा

२५ मंसिर, काठमाडौं । सरकारले नेवार र किराँती समुदायलाई बिहीबार सार्वजनिक बिदा दिएको छ ।

Advertisement

यःमरि पुन्ही, उधौली, ज्यापु दिवस, धन्यपूर्णिमाको अवसरमा यी पर्व मनाउने समुदायका लागि बिहीबार सार्वजनिक बिदा दिइएको हो ।

सार्वजनिक बिदा घोषणा नगरे पनि सरकारले ती पर्व मनाउनेका लागि मात्रै बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले जानकारी दिए।

Advertisement

‘पर्व मनाउनेहरूका लागि मात्रै बिदा दिइएको हो’ उनले भने, ‘सरकारले सबैलाई बिदा दिएको छैन। क्याबिनेटले सार्वजनिक बिदा तोकेको छैन।’ क्यालेन्डर अनुसार नै सम्बन्धित जात, धर्म भूगोल भएकालाई मात्रै बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top