सागका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार दिने सरकारको घोषणा

सागका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार दिने सरकारको घोषणा

२५ मंसिर, काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता नेपाली खेलाडीहरुलाई नगद पुरस्कारको घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पदक विजेता खेलाडीहरु सामु सम्बोधन गर्दै स्वर्णपदक विजेतालाई जनही ९ लाख, रजतपदक विजेतालाई जनही ६ लाख तथा कास्यपदक विजेतालाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघका पदाधिकारीहरुलाई बधाइसमेत दिएका छन् । टिम खेलका स्वर्णपदक विजेतालाई जनही पाँच लाख रुपैयाँ दिने बताइएको छ ।

एकभन्दा बढी स्वर्णपदक जित्नेहरुले भने ११ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यही मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजित १३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक जितेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.