आज प्रदेश १ मा सार्वजनिक बिदा, मुख्यमन्त्रीले दिए उद्यौली पर्वको शुभकामना

आज प्रदेश १ मा सार्वजनिक बिदा, मुख्यमन्त्रीले दिए उद्यौली पर्वको शुभकामना

२६ मंसिर, विराटनगर ।
प्रदेश १ सरकारले उधौलीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ । किराँत समुदायको बाहुल्यता रहेको प्रदेश १मा उधौली पर्व धुमधामका साथ मनाउने गरेका छन् । आज उधौली पर्व, धान्यपूर्णिमा र योमरीपुन्हि पर्व रहेको छ ।

सार्वजनिक बिदासम्बन्धी प्रदेश सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरी यो पर्वमा बिदा दिने उल्लेख गरेको थियो ।  यस्तै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्यौली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मौलिक सांस्कृतिक चाड पर्वहरुले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गर्ने मुख्यमन्त्री राईले जारी गरेको सन्देशमा उल्लेख छ ।

यो पर्वले नेपालका सबै जातजाती एकताबद्ध भै आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणमा अगाडि बढ्न मुख्यमन्त्री राईले आग्रह समेत गरेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.