औषधिको अध्ययनका लागि अब नेपालमै क्लिनिकल ट्रायल

औषधिको अध्ययनका लागि अब नेपालमै क्लिनिकल ट्रायल

२६ मंसिर, काठमाडौँ ।
औषधि, खोप,उपकरण र समुदायमा आधारित अध्ययन, अनुसन्धान गर्नका लागि नेपालमा क्लिनिकल ट्रायल रजिष्ट्रिको स्थापना भएको छ । नेपालमा क्लिनिकल ट्रायल सम्बन्धित अनुसन्धानहरु दिनप्रतिदिन बढिरहेको अवस्थालाई मध्यनजर गर्दै यसको सुरुवात भएको हो । क्लिनिकल ट्रायल रिजिस्ट्रि भनेको क्लिनिकल ट्रायलको अध्ययन अनुसन्धान दर्ता गर्ने आधिकारिक प्लेटफर्म हो ।

२०१९ मा मात्रै स्वास्थ्य अनुसन्धान परिषदको आचारसंहिता बोर्डबाट २१ वटा क्लिनिकल ट्रायल सम्बन्धि अनुसन्धान प्रस्तावको स्वीकृती भएको थियो । यस्ता खालका ट्रायल नेपाल हुने भएपनि दर्ताका लागि अन्यत्र रहेका ट्रायलको भरमा रहनुपर्ने बाध्यताको अन्त्य भएको छ । जसका डाटाहरुबाट समेत नेपाल र नेपालीहरु लाभ लिन सकेका थिएनन् । नेपाल अनुसन्धान परिषदका आचारसंहिता बोर्डका अध्यक्ष डा प्रकाश घिमिरेले एमडि एमएसको थेसिस गर्नेहरुले विदेशीको ट्रायक क्लिनिकमा गएर काम गर्नुपर्ने बाध्यता रहेकोमा अब अन्त्य भएको बताए । यसले अनुसन्धानकर्ताहरुलाई अनुसन्धान गर्ने वातावरणको सिर्जना गर्ने, आफुले अनुसन्धान गरेका डाटाहरु आफैसँग सुरक्षित रहने उनले बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका डा. अन्जनी झाले यसको स्थापना गर्न एक वर्षदेखिको अभ्यास जारी रहेको र त्यसका लागि एउटा समिति समेत बनाइएको बताए । यसमा रजिस्ट्र हुनै पर्ने बाध्यतात्मक अवस्था नभएपनि आफनो खोज अनुसन्धानर्लाइ अन्तर्राष्ट्रिय जगतमा पु¥याउनका लागि रजिष्टर हुनु आवश्यक रहेको बताए ।

नेपालको रजिष्ट्रि प्लेटफर्ममा डाटा इन्ट्रिका लागि २ जना अनुसन्धान अधिृकतहरु अशोक पाण्डे र अरुण शाहललाई विशेषज्ञ भएर काम गर्ने गरि जिम्मेवारी दिइएको छ । उनीहरुले भारतबाट यससम्बधि ७ दिने तालिम समेत लिएका छन । सन् २००४ नोभेम्बरमा मेक्सिकोमा भएको एक कार्यशाला गोष्टिमा एकल प्रणालीबाट विश्यव्यपार्टी क्लिनिकल ट्रायल रजिष्ट्रि को अन्तर्राष्ट्रिय सञ्जाल बनाउन माग भएअनुसार अहिले विश्वस्वास्थ्य संगठन अन्तर्गत इसिटिआरपी नेटवर्कमा १८ वटा देशका प्राइमरि रजिष्ट्रिहरु आवद्ध रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.