मुस्ली प्रहार हुँदा २४ वर्षीय युवकको ज्यान गयो

मुस्ली प्रहार हुँदा २४ वर्षीय युवकको ज्यान गयो

२७ मंसिर, खोटाङ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठका २४ वर्षीय रमेश राईको टाउकोमा मुस्ली प्रहार हुँदा ज्यान गएको छ ।

बिहीबार राति भएको झगडाका क्रममा हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले, तल्लोचिचिङ्गाका अशोक राई, बलराम राई र बबिन राईको समूहले टाउकोमा मुस्ली प्रहार गर्दा गम्भीर घाइते भएका राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी बामदेव गौतमले बताए ।

टाउकोमा गम्भीर चोट लागेपछि अटोमा हालेर हलेसीमा रहेको एक क्लिनिकमा ल्याइएका राईको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घट्नामा संलग्न तीनै जना फरार रहेकाले घटनाबारे थप अनुसन्धान गर्न र फरारहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षकको कमाण्डमा टोली खटाइएको प्रहरीले जनाएको छ ।

दाजु अर्जुनसहित भूकम्प पुःननिर्माण अन्तर्गतको घर निर्माणको काम गरेर फर्कँदै गरेका रमेश र अन्य तीन जना बाटोमा भेट भएपछि सामान्य विषयमा झगडा सुरु भएको जानकारी आएको हलेसी तुवाचुङ नगरपालिकामा मेयर इवन राईले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.