पहाडी क्षेत्रमा हुने प्रत्येक उडान प्रदेश राजधानीबाट गर्ने सरकारको योजना

पहाडी क्षेत्रमा हुने प्रत्येक उडान प्रदेश राजधानीबाट गर्ने सरकारको योजना

२८ मंसिर, काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन प्रवद्र्धनका लागि पहाडी क्षेत्रमा हुने प्रत्येक उडान प्रदेशको राजधानीबाट गर्ने योजना बनाउन लागिएको बताएका छन् ।

प्रदेश नम्बर १को प्रदेश स्तरिय पर्यटन प्रवद्र्धन समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन समन्वय गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले त्यसका लागि प्रदेशमा रहेका विमानस्थलको स्तारोन्नति आवश्यक रहेको बताए । उनले प्रदेश नम्बर १ को विराटनगरमा रहेको विमानस्थलको लम्बाई ३ हजार मिटरको बनाउनुपर्ने समेत बताए । त्यसका लागि संघीय सरकारले समेत सहयोग गर्ने प्रतिवद्धता उनले जनाए । उनले संघीय सरकारले राखेको एक दशक पर्यटन वर्षको अभियानका लागि प्रदेश सरकारहरुसँग समन्वय गर्ने समेत बताए ।

कार्यक्रममा प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले अवको १० वर्षमा नेपालको उत्कृष्ट पर्यटकिय क्षेत्र भएको प्रदेशको रुपमा प्रदेश १ लाई विकास गरिने बताए । त्यसका लागि भ्रमण वर्ष २०२० लाई आधार वर्षको रुपमा लिने समेत बताए । कार्यक्रममा पर्यटकिय क्षेत्रको विकासका लागि संघीय सरकार, प्रदेश र स्थानीय तहसँग राम्रो समन्वय कायम हुनुपर्नेमा जोड दिइएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.