एजेन्सी, मंसिर २८
वेस्ट इन्डिजका अनुभवी अलराउन्डर ड्वेन ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास फिर्ता लिएका छन् । शुक्रबार बाभ्रोले वेस्ट इन्डिजको छनोट समितिलाई टि ट्वान्टी क्रिकेटको लागि आफु उपलब्ध जनाएका हुन् ।
उनले भनेका छन्,’आजदेखि म अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको घोषणा गर्छु । यसमा सोच्न आवश्यक छैन, मैले आफ्नो समर्थक, सुभचिन्तक र वेस्ट इन्डिज क्रिकेटलाई माथि उठाउन यो निर्णय लिएको हुँ’।
ब्राभोले गत वर्ष सन्न्यासको घोषणा गरेका थिए । सन् २०१६ मा पाकिस्तानसँगको तिन टि ट्वान्टी सिरिज यता बाभ्रोले वेस्ट इन्डिजको टोलीमा छैनन् । ब्राभोको अन्तर्राष्ट्रिय फ्रेन्चाइज टि ट्वान्टी क्रिकेट लिगमा प्रर्दशन उत्कृष्ट रहँदै आएको छ ।
बाभ्रोले नयाँ प्रशिक्षक फिल सिमन्स र कप्तान काइरोन पोलार्डसाथ क्रिकेट खेल्न उत्साहित रहेको बताएका छन् । त्यस्तै बाभ्रोले पुन वेस्ट इन्डिजले उत्कृष्ट टि २० टोली बन्न सक्ने बताएका छन् । उनले ६६ टि ट्वान्टी आईमा ११ सय ४२ रन बनाउनुको साथै ५२ विकेट लिएका छन् । वेस्ट इन्डिज क्रिकेट बोर्ड पनि बाभ्रोको निर्णयलाई सकारात्मक रुपमा लिएको छ ।