२८ मंसिर, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज शनिबार दिउँसो तीन बजे बस्दैछ ।
शुक्रबार बस्ने भनिएको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थायी कमिटिमा पेश गर्ने प्रतिवेदन लेखनमा व्यस्त भएको भन्दै शनिबार दिउँसो ३ बजेका लागि सारिएको हो ।
नेकपाको स्थायी कमिटि बैठक आइतबार बस्ने छ । सो बैठकमा पेश गर्ने प्रतिवेदन अध्यक्ष प्रचण्डले तयार पारेका छन् ।