अटोको टायर पम्चर हुँदा सुन्दरहैचामा एक जनाको मृत्यु

अटोको टायर पम्चर हुँदा सुन्दरहैचामा एक जनाको मृत्यु

२८ मंसिर, मोरङ ।
मोरङको सुन्दर हरैचा नगरपालिका १० कस्ती पुल स्थित पूर्बपश्चिम राजमार्गमा कन्टेनरमा अटो ठक्करखाँदा १ जनाको मृत्यु भएको छ ।

शुक्रबार बेलुका पूर्बबाट पश्चिमतर्फ जादै गरेकोको.२ह.२४०७ नम्बरको अटोको टायर पम्चर भई अनियन्त्रित हुदा रोकेर राखेको ना.५ ख.५६०१ नम्बरको कन्टेनर कोपछाडी ठक्कर खाएर दुर्घट्ना भएको थियो ।

दुर्घटनामा परेर सोही नगरपालिका ९बस्नेबर्ष ४० का दिपक शंकर, सोही नगरपालिका ८बस्नेबर्ष २० का लक्ष्मण उराउ र बर्ष २६का किरण माझी घाईते भएका थिए ।

घाईतेको उपचारको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा दिपक शंकरको बाटैमा मृत्यु भएको थियो । अटो, कन्टेनर र कन्टेनर चालक दोलखा भिमेश्वर नगरपालिकाका ३२ वर्षीय शिबहरी बस्नेतलाई प्रहरी चौकी बिराटचौकले नियन्त्रणमा लिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.