धनुषा बम विष्फोट : प्रहरी निरीक्षक दाहालको शव काठमाडौं लगिदै

२८ मंसिर ७६, शनिबार
Share this
781shares

२८ मंसिर, धरान ।
धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा भएको बम विस्फोटमा मृत्यु भएका प्रहरी निरीक्षक अमिर कुमार दाहालको शव काठमाडौं लैजाने तयारी भएको छ। दाहालको शव परिवारलाई जिम्मा लगाउन हेलिकप्टरबाट काठमाडौं लाने तयारी भइरहेको इलाका प्रहरी कर्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए। संखुवासभाको मादी पुर्खौली घर भएका दाहाल पछिल्लो समय काठमाडौंको जोरपाटीमा बसाई सरेका थिए।

Advertisement

शनिबार बिहान महेन्द्रनगर बजारस्थित राजेश्वर साहको घरमा अज्ञात समूहले राखेको बम विस्फोटमा घाइते भएका दाहालको जनकपुरमा उपचार हुन नसकेपछि धरान ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको भएको थियो। दाहालको शवको पोस्टमार्टम वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा गरिएको छ। दाहाल सई हुँदा पूर्व प्रधानमन्त्री झलनाथ खनालको सुरक्षा गार्ड (पिओसो) थिए।

घटनामा राजेश्वर साह र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो। भने राजेश्वरकी २१ वर्षीय छोरी अञ्जली साह, १४ वर्षीय छोरा प्रेम साह, प्रहरी जवान रिजनाथ कुमार महतो गम्भीर घाइते भएका छन्। घाइते तीनैजनाको धनुषामा उपचार सम्भव नभएपछि विपी प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रतिष्ठानका सहायक प्रवक्ता अशोक ऐरले जानकारी दिए ।

Advertisement

शुक्रबार राति १२ बजे राजेश्वरको घरको मुख्य पर्खालबाट भित्र नवनिर्मित घरको बाहिर फलामको गेटमा बम झुन्ड्याइएको थियो। उनकी श्रीमती राति शौचका लागि उठेको बेला ढोकामा केही झुन्डिएको देखेर श्रीमानलाई उठाएर प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुन्डिएको झोला बम हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा बम विस्फोट भएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top