खोटाङमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु

२९ मंसिर ७६, आइतबार

२९ मंसिर, खोटाङ । खोटाङको रावाबेशी गाउँपालिका–४ रमितेभिर स्थित भित्रि सडक खण्डमा बोलेरो दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

Advertisement

शनिबार दिउँसो डुम्रेधारापानीबाट रावाखोला तर्फ जादै गरेको ना १ ज ३७४७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १५ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

घटनापछि पुगेको प्रहरीको टोलीले बोलेरो चालक सल्यान सारदा नगरपालिका–११ बस्ने बर्ष २६ का रामबहादुर कुवरलाई गम्भिर घाइते अवस्थामा उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल खोटाङ लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।

Advertisement

दुर्घटनामा परेर बोलेरोमा सवार खोटाङको रावाबेशि गाऊपालिका–४ गुहेले बस्ने बर्ष ४० का रमेश अधिकारीको भने घटनास्थलमै मृत्यु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top