उदयपुरमा आगोलागीबाट १५ लाख बराबरको क्षति

२९ मंसिर ७६, आइतबार

२९ मंसिर, उदयपुर । उदयपुरको कटारी नगरपालिका–८ पाखाटोलमा एक घरमा आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ । स्थानीय कृष्णराज श्रेष्ठको घरमा आगोलागी हुँदा १५ लाख बराबरको क्षति भएको हो ।

Advertisement

शनिबार अपरान्ह साढे ४ बजेको समयमा घरमा कोही नभएको अबस्थामा निजकै ५ बर्ष की छोरीले लाईटर खेलाउदा गाईगोठबाट अचानक आगोलागी भएको थियो ।

आगलागीबाट काठले बनेको, फूसको छाना भएको २ तले २ वटाघर, घर भित्र रहेको सुन, चाँदी,अन्नपात, लगायत अन्य सामानहरु जलेर पूर्ण रुपमा नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो ।

Advertisement

साँझ पौने ५ बजे स्थानीय तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top