सिरहा,फाल्गुन २४ । १०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विहिवार सिरहामा विभिन्न कार्यक्रम गरिएको छ । १०८ औं अन्तराष्ट्रिय महिला दिवसमा विभिन्न संघसंस्थाको समन्वयमा सिरहा सदरमुकाममा रयाली, सडक नाटक, दौड, मटका फोर र अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको थियो ।
१०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सहिद राजेश ठाकुर पार्क नजिकै महिला हिंसा, दहेज विरुद्ध र छोरीलाई शिक्षा दिनुपर्ने विषयमा जनचेतनामूलक नाटक प्रस्तुती गरिएको थियो । यस्तै विभिन्न प्लेकार्ड सहित जुलुस प्रर्दशन गरिएका थिए ।
सहिद पार्कबाट सुरु भएको जुलुस हेमनारायण चौकबाट क्याम्पसमा पुगेर कोन सभामा परिणत भएको थियो । यस्तै महिला सशक्तिकरणमा जोड दिन उदेश्यले १ सय मीटर दौड र मटका फोर कार्यक्रमको आयोजना गरिएको दलित जनकल्याण युवा कल्वको पहुँच परियोजना संयोजक अशोक कामतीले बताए । दौडमा प्रथम सीता सदा, दृतीय वविता देवी राम र तृतीय लिलम यादवलाई पुरस्कृत गरिएको थियो । मटका फोरमा विजयी परमीला दासलाई पनि पुरस्कृत गरिएको परियोजना संयोजक कामतीले बताए ।
सीमान्तकृत समुदायको पहुँच वढाउने गरी सिरहामा पहुँच परियोजना अन्र्तगत दिवसमा समन्वय गरिएको हो ।