विराटनगरमा पुस १ गतेदेखि जुत्ता चप्पल मेला

२८ मंसिर ७६, आइतबार

२९ मंसिर, विराटनगर ।
स्वदेशी जुत्ता चप्पलको प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरमा विराट फुटवयर एक्स्पो नाम दिइएर (विराट जुत्ता चप्पल मेला) आयोजना हुने भएको छ । ‘स्वदेशी जुत्ता चप्पलको प्रवद्र्धन हाम्रो अभियान ’ भन्ने मुल नाराका साथ विराटनगर–७ स्थित जैन भवनमा पुस १ गतेदेखि मेला सञ्चालन गर्न लागिएको हो ।

नेपाली जुत्ताघर प्रा.लिको आयोजनामा हुन लागेको मेलामा नेपाली चर्चित ब्राण्डका जुत्ता चप्पलहरु राखिने आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको छ । नेपाली जुत्ता हरेक नेपालीको पहुँचसम्म पुर्याउन उपभोक्ताहरुलाई नेपाली जुत्ता चप्पल उद्योगको बारेमा जानकारी गराउने, उत्पादित वस्तुको बारेमा उपभोक्ताहरुमा जानकारी गराउने, उत्पादन गुणस्तरको बारेमा उपभोक्तालाई जानकारी गराउने उद्देश्यले मेला आयोजना गर्न लागिएको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।

३ हजार भन्दा बढी मोडलका जुत्ता चप्पल एकै ठाउँमा हेर्न र खरिद गर्न सकिने मेलामा एक सय रुपैयाको चप्पलदेखि १० हजार रुपैँयासम्मको जुत्ता राखिने आयोजकले जनाएको छ । मेलामा शिखर सुज, वि.एफ डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक, हाईलाईफु सुज एण्ड स्लिपर ब्राण्डका जुत्ता चप्पलहरु राखिने छ भने हरेकको खरिदमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिने उपाध्यायले बताए । ५० हजार जोर जुत्ता कारोबार गर्ने लक्ष्य राखिएको सो मेलामा १ लाख पचास हजारले अवलोकन गर्ने र १ करोड ५० लाख रुपैंयाको कारोबार हुने अपेक्षा राखिएको छ । १५ दिनसम्म चल्ने मेलाको प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले उद्घाटन गर्ने पनि उपाध्यायले बताए ।

Advertisement

१० ब्राण्डहरु सहभागी नेपाली जुत्ता घर २०६६ सालदेखि सुरु भएको हो । नेपाली जुत्ता घरले विभिन्न ठाउँमा फुटवयेर एक्स्पोको आयोजना गर्दे आएको छ । स्वदेशी बजारमा लोकप्रिय बन्दै गएका नेपाली जुत्ता चप्पल हाल विदेशमा निर्यात समेत हुँदै आएका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७५÷०७६ को साउनदेखि माघ सम्ममा ७४ करोडका जुत्ता निकासी भएका छन् । नेपाली जुत्ता घरले गतवर्ष पनि विराटनगरमा जुत्ता चप्पल मेलाको आयोजना गरेको थियो ।

Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top