हुन्डीदेखि सुन तस्करसँग एसएसपीको कनेक्सन

२९ मंसिर ७६, सोमबार

३० मंसिर, काठमाडौँ । अवैध हुन्डीबाट अरबौंको कारोबार भइरहेको भए पनि प्रहरीले आँखा चिम्लने गरेको छ । काठमाडौंको न्यूरोडमा जयरत्न बचत तथा ऋण सहकारी संस्थामार्फत् बच्चु पौडेलका दाजुभाइले हुन्डीको कारोबार गर्दै आएका छन् ।

त्यसमा अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले पनि संरक्षण गर्दै आएको आरोप छ ।  सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा हाल नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कमल श्रेष्ठले नै बच्चु पौडेललाई एसएसपी थापासँग समन्वय गराउने काम गरेका थिए ।

अरबौंको हुन्डी कारोबार गरी राष्ट्रको अर्थतन्त्र खोक्रो पार्ने पौडेलहरुको बारेमा आइजीपी सर्वेन्द्र खनाललाई पनि एसएसपी थापाले झुटो रिपोर्ट बुझाउँदै बेबकुफ बनाउँदै आएको स्रोत बताउँछ । उनीहरुको हुन्डी कारोबारमा संलग्लनता नभएको झुटो रिपोर्ट थापाले आइजीपीलाई दिंदै आएका छन् ।

Advertisement

बच्चु पौडेलका दाजुभाइ नै हुन्डी कारोबारमा संलग्न रहेका छन् । सिन्धुपाल्चोकका बच्चु पौडेल, धु्रव पौडेल र नारायण पौडेल दाजुभाइ हुन् । यी पौडेल दाजुभाइको पहिचान भनेको सुन, डलर र हुन्डीको अवैध कारोबारीका रुपमा हुँदै आएको छ । उनीहरु हुन्डी, सुन र डलरको कारोबारबाट रातारात अरबपति भएका भनेर सिन्धुपाल्चोकमा चिनिन्छन् । नारायण पौडेल केही बर्षअघि हङकङबाट ऊन आयात गर्ने भनेर एलसी खोल्ने गर्थे । डलर हङकङ पठाउने र उताबाट ऊन ल्याउँदैनथे ।

तर भन्सारबाट ऊन आयात भएको देखाउँथे । ऊन ल्याएको कीर्ते कागज र नक्कली सरकारी छापसहितको कागजात अपडेट गर्ने माष्टर माइन्डको धु्रव पौडेलका छोरा सुमन पौडेलले गर्ने गरेका थिए । यसरी करोडौं डलर एलसी खोली हङकङ पठाइसकेका नारायण पौडेलहरुका कारण विदेशी मुद्रा सञ्चितिमै असर परेपछि प्रहरीले अनुसन्धान सुरु गर्‍यो । र, नारायण बैंक हाताबाटै एलसी खोल्दा खोल्दै पक्राउ परेका थिए ।

Advertisement

अर्कैको नाममा ब्यापारीक फर्म खोली अबैध डलरको कारोबार गरेका पौडेल १५ महिनापछि जेलमुक्त भएका थिए । त्यसपछि पौडेल दाजुभाइ भूटानमा बसी सुनको अबैध कारोबारमा लागे । एक पटक उनीहरुको १८ किलो सुन लुटियो । तर प्रहरी लगाएर १० किलो लुटिएको सुन फेला पारेका थिए । प्रहरीलाई कुस्त घुस दिएर उनीहरुले १० किलो लुटिएको सुन लिन सफल भएको चर्चा हुने गरेको छ । हुन्डी, सुन र डलरको कारोबारी पौडेल दाजुभाइ पछिल्लो समयमा हाइड्रोपावरमा लगानी गरेका छन् ।

उनीहरुले हाइड्रोपावरमा कुन स्रोतबाट आर्जित रकम लगानी गरेका छन्, त्यसको खोजी राज्यले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमार्फत् प्रभावकारी रुपमा हुने हो भने पुष्टी गर्न उनीहरुले नसक्ने सिन्धुपाल्चोकका एक ब्यापारी नै बताउँछन् । हाइड्रोपावरको उत्पादन क्षमता भन्दा पनि बढी बैंकका सीईओहरुसँग मिलेर ऋण समेत लिने गरेका छन् ।

सीईओहरुलाई पौडेलहरुले प्रभावमा पारी ऋण लिएकाले बैंक डुब्ने जोखिम पनि उत्तिकै छ । डलर, सुन र हुन्डीको कारोबारमा रहेका बदनाम पौडेल दाजुभाइ छानबिनबाट बच्नका लागि जुन पार्टी सत्तामा आयो, त्यही पार्टीको निकट हुने गरेका छन् । विगतमा बिष्णु खत्रीसँगै कांग्रेसमा रहेर २०७० को चुनावमा पनि तत्कालीन एमाले र माओवादी हराउन सबै खाले सहयोग गरेका उनीहरु अहिले नेकपाको निकट हुन पुगेका छन् ।

त्यसो सिन्धुपाल्चोकको तातोपानी नाकामा ब्यापार गर्ने पौडेलहरुको मात्र होइन, अधिकांश ब्यापारीको छवि राम्रो छैन । सिन्धुपाल्चोक उद्योग बाणिज्य महासंघको नेतृत्वमा रहेका तथा सिन्धु विकास बैंकका अध्यक्ष समेत रहेका राजेन्द्र श्रेष्ठका भाइ लागूऔषध कारोबार गर्दागर्दै तिब्बतमा पक्राउ परेपछि अहिलेसम्म चीनकै जेलमा सजाय भोगिरहेका छन् ।

उनी जेलमुक्त भएर नेपाल आएपछि राजेन्द्र श्रेष्ठदेखि बच्चु पौडेलका दाजुभाइसँग आक्रोशित छन् । उनीहरुले गर्दा नै आफू पक्राउ परेको तर आफू जेल परेपछि आफ्नो परिवारलाई कसैले पनि नहरेकोमा उनी आक्रोशित भएका छन् ।

राजेन्द्र श्रेष्ठले सिन्धु विकास बैंकको जग्गा खरिददेखि कर्जा लगानीमा कमिसन खाएको भनेर सञ्चालक समितिमै तीव्र विवाद भएर केहीले राजीनामा समेत दिइसकेका छन् । आजको साँघु साप्ताहिकमा समाचार छ ।

Advertisement

भर्खरको समाचार

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

सम्बन्धित समाचार

Scroll to Top