नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी संशोधन विधेयक फिता गर्न कांग्रेसको माग

२९ मंसिर ७६, सोमबार

३० मंसिर, काठमाडौं ।
संसदमा दर्ता गरिएको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ तत्काल फिर्ता गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको प्रतिकुल र नागरिकका स्वतन्त्रता र हितविपरीत भएकाले ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका हुन् ।

सोमबार विज्ञप्ति जारी गरेर सरकारलाई संविधानको प्रतिकुल र नागरिक स्वतन्त्रता र हितविपरीतका विधेयकहरू संसदमा प्रस्तुत नगर्न सचेत समेत उनले गराएका छन् ।

“विधेयक नेपालको संविधानमा उल्लेखित नागरिक स्वतन्त्रता, गोपनीयताको हक लगायतको मौलिक हकको प्रतिकुल भएको हुँदा विधेयकलाई तत्काल फिर्ता गर्न नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “र संविधानको प्रतिकुल र नागरिकका स्वतन्त्रता र हितविपरीत हुने खालका यस्ता विधेयकहरू प्रस्तुत नगर्न सरकारलाई नेपाली कांग्रेस सचेत गर्दछ ।”

नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको उक्त विधेयकले संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनीयता भंग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने प्रावधान राखेर सरकारले संविधान प्रतिकुल ऐन बनाउने खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top