मौसम खराबीका कारण ओडारमा थुनिएकाहरुको उद्धार हुन सकेन

२९ मंसिर ७६, सोमबार

३० मंसिर, जुम्ला ।
मौसम खराबीका कारण शेरा फूलबारी पाटनको एउटा ओडारमा थुनिएकाहरुको उद्धारमा ढिलाई भएको छ ।

Advertisement

जडिबुटी संकलन गर्न पाटन गएका उनीहरु ओडारमा थुनिएका छन् । बिहीबारदेखि थुनिएका १२ जनालाई उद्धार गर्न सुर्खेत विमानस्थलमा तयारी अवस्थामा रहेको हेलिकप्टर अझै उड्न सकेको छैन ।

उनीहरुलाई गृह मन्त्रालयले उद्धारका लागि बिहान ८ बजे नै हेलिकप्टर पठाउन निर्देशन गरेको तिला गाउँपालिकाका अध्यक्ष रनतनाथ योगीले बताए । सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले खराब मौसमका कारण हेलिकप्टर उड्न नसकेको खबर प्राप्त भएको बताए ।

Advertisement

तिला गाउँपालिका ९ का वडाअध्यक्ष शेरबहादुर बोहोराका अनुसार उनीहरु ओडारमा बसेका छन् । उद्धारको लागि सबै सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

सुरक्षा समितिले उद्धारका लागि आएको हेलिकप्टरसँग तिला ९ का वडाध्यक्ष शेरबहादुर बोहोलाई पठाउने भएको छ । वडाध्यक्ष बोहोरा पाटनबारे जानकार भएकोले उद्धार टोलीसँग पठाउन सहज हुने निष्कर्ष सुरक्षा समितिको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top