×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026

नेकपा बैठकमा ईण्डो—प्यासिफिक रणनीतिमा छलफल

३० मंसिर २०७६

३० मंसिर, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सोमबार १२ जनाले आफ्नो धारणा राखेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि नेताहरुले आफ्नो धारणा राखेका हुन् ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा सदस्यहरुले पार्टीभित्र विधि र पद्धतीको पालना जोडदार रुपमा कसरी गराउने, पार्टीमा विसंगती र भ्रष्टिकरणको प्रकृया कसरी कम गर्ने भन्ने विषयमा आफ्नो धारणा राखेका छन् । पार्टी संगठनको निर्माण प्रकृया सुदृढ ढंगले कसरी अगाडी बढाउने तथा पार्टीलाई एकीकृत, क्रान्तिकारी र शक्तिशाली बनाउन पार्टीको विचार र नेतृत्वको वरिपरि सिंगो पार्टी एकदिशामा कसरी अगाडी बढाउने भन्ने विषयमा स्थायी कमिटी सदस्यहरुले धारणा राखेको प्रवक्ता श्रेष्ठले बताए ।

Advertisement
Advertisement

प्रवक्ता श्रेष्ठले सामाजिक न्यायसहितको समृद्धिको कार्यभार अगाडी बढाउन सरकारलाई अझ प्रभावकारी र परिणामुखी कसरी बनाउने भन्ने विषय पनि बैठकमा उठेको बताए । सरकारका कमजोरीहरु सच्याउने बारेमा ध्यानाकर्षण गराउँदै वैचारिक प्रश्नमा पनि सोमबारको छलफलमा नेताहरुले विचार राखेको उनले बताए । बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका कार्यक्रमहरु सदनबाट पारित नगर्न पनि नेताहरुले माग गरेका छन् ।

स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई, भीम रावल र देव गुरुङले एमसीसी अन्तर्गतका कार्यक्रमहरु संसदबाट पारित हुन नदिन माग गरेका हुन् । एमसीसी परियोजनाभित्र धेरै रहस्यहरु लुकेको नेता गुरुङले बताए । अमेरिकाले घोषणा गरेको ईण्डो—प्यासिफिक रणनीतिमा एसिया प्रशान्त क्षेत्रमा आफ्नो सैन्य गतिविधि बढाउने प्रस्ताव रहेको उनले बताए । एमसीसीमा सहभागि हुँदा नेपाल ईण्डो—प्यासिफिक रणनीतिमा बाध्यात्मक रुपमा सहभागि हुनुपर्ने अवस्था आउने भएकाले यसलाई पनि पुर्नविचार गर्नुपर्ने उनको धारणा थियो ।

Advertisement

एमसीसी सम्झौता नेपालको प्रचलित कानुनहरुसँग बाँझियो भनेपनि लागु हुने भनेर उल्लेख गरिएकाले यो आपत्तिजनक विषय भएको उनको भनाई छ । नेपाल सरकार र एमसीसीबीच ५ वर्षअघि भएको सम्झौता भएको थियो । झण्डै ५५ अर्ब रुपैयाँको विकास साझेदार योजना संसदले पारित नगर्दा अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन् । बैठक मंगलबार ११ बजे पुनः बस्नेगरि स्थगित भएको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top