टुटल र पठाओविरुद्ध अन्तरिम आदेश दिन अदालतद्वारा अस्वीकार

१ पुस ७६, मंगलबार
Share this
709shares

१ पौष, काठमाडौं । टुटल र पठाओ रोक्नका लागि उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सोमबार न्यायाधीश प्रभा बस्नेत र शान्ता सेढाईको इजलासले अन्तरिम आदेश जारी नहुने निर्णय गरेको हो।

Advertisement

अन्तिम सुनुवाईपछि मात्रै यसबारे निर्णय हुने अदालतको आदेशमा उल्लेख छ। ट्याक्सी व्यवसायी संघले टुटल र पठाओ अवैधानिक रहेको भन्दै रोक्नका लागि अन्तरिम आदेश माग गरी मुद्दा दायर गरेको थियो। संघले टुटल, पठाओ, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरीलाई विपक्षी बनाई मुद्दा दायर गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top