१ पुुस, काठमाडौं ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौंले ‘खेलकुद सप्ताह २०७६’ आयोजना गरेको छ ।
सोमबारदेखि काठमाडौंको टुडिखेलमा सुरु भएको खेलकुद सप्ताहमा विभिन्न ३४ वटा निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । नेशनल प्याब्सनका अध्यक्ष विष्णु पराजुलीले खेलकुदलाई शिक्षाको महत्वपूर्ण अंगको रुपमा लिइएकोले नेशनल प्याब्सनले लामो समयदेखि हरेक वर्ष खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
उनले खेलका हरेक विधामा विद्यार्थीहरुले आफ्नो रुचि अनुसार सहभागिता जनाउन सक्ने र त्यसमा नेशनल प्याब्सनको सहयोग सँधै रहने समेत उनले बताए ।
उनले खेलकुद बिना अवको शिक्षा पूर्ण नहुने भन्दै त्यसका लागि नेशनल प्याब्सनले खेलकुद सप्ताह अयोजना गरेको बताए । ‘खेलुकद सप्ताह २०७६’ एक साता सम्म सञ्चालन हुने एन प्याब्सनले जनाएको छ ।