पीपीएलः काठमाण्डौ गोल्डेन्स वारियर्सले दियो एक्सपर्ट धनगढीलाई १ सय ८६ रनको लक्ष्य

पीपीएलः काठमाण्डौ गोल्डेन्स वारियर्सले दियो एक्सपर्ट धनगढीलाई १ सय ८६ रनको लक्ष्य

२ पौष, कास्की । पोखरा प्रिमियर लिग (पीपीएल) मा काठमाण्डौ गोल्डेन्स वारियर्सले एक्सपर्ट धनगढीलाई १ सय ८६ रनको लक्ष्य दिएको छ ।

पोखरा प्रिमियर लिगकै पहिलो शतक प्रहार गर्ने क्रममा कप्तान ज्ञानेन्द्र मल्लले एक सय रनको विस्फोटक इनिङ्स खेले । मौसमका कारण एक घण्टा ढिलो गरी सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले १७ ओभरमा झारिएको खेलमा पाँच विकेट गुमाउँदै १ सय ८५ रन बनाएको हो ।

कप्तान ज्ञानेन्द्र मल्लले ३८ बलमा आठ चौका र नौ छक्का प्रहार गरेका थिए । १७ औँ ओभरको तेस्रो बलमा ज्ञानेन्द्र कमलसिंह ऐरीको बलमा सन्दिप जोराबाट क्याचआउट भए । तेस्रो विकेटका लागि ज्ञानेन्द्र र जयकिशन कोल्सावालाले १ सय ३१ रनको साझेदारी गरेका थिए ।

जयकिशन कोल्सावालाले पनि ४६ रन बनाए । उनले ३७ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए । काठमाण्डौका लागि अमित श्रेष्ठले पनि २१ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ३४ रन बनाएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.