×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-17-2026 || Nepal Times
Apr 17, 2026
Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026

पीपीएलः धनगढीलाई १ सय ६ रनले हराउँदै काठमाडौंद्वारा पहिलो जित दर्ता

२ पुष २०७६

२ पौष, कास्की । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा काठमाण्डौ गोल्डेन्स वारियर्सले पहिलो जित दर्ता गरेको छ ।

कप्तान ज्ञानेन्द्र मल्लको शतकको मद्दतले १८६ रनको विशाल लक्ष्य दिएको काठमाण्डौले एक्सपर्ट धनगढीलाई १०६ रनले पराजित गरेको हो । धनगढी १६ ओभरमा ७९ रनमा अल आउट हुन पुग्यो ।

Advertisement
Advertisement

विशाल लक्ष्य पछ्याएको धनगढीको सुरुआत भने राम्रो हुन सकेन । टिमले २ रन बनाउँदा सन्दीप सुनार आउट भएका थिए । दोस्रो विकेटको रुपमा श्रीमन्था वाजिरत्ने आउट भएका थिए । १५ रन बनाएर वाजिरत्ने आउट हुँदा धनगढीको स्कोरबोर्डमा २७ रन रहेको थियो ।

तेस्रो विकेटको रुपमा रोड्रिगो थोमस व्यक्तिगत १० रन बनाएर पेभेलियन फर्किए । सौरभ खनालले ९ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरी ८ रन बनाएर आउट भए ।

सन्दीप जोराले ७ रन बनाउँदा अमित यादवले ३ तथा कमल सिंह ऐरी ७ रन बनाएर आउट भए । ६० रन हुँदा ८ विकेट गुमाएको धनगढीका लागि विक्रम ठगुन्ना र सागर ढकालले इनिङ अघि बढाउने प्रयास गरे पनि सफल भने हुन सकेनन् । ठगुन्ना नवौँ विकेटको रुपमा ९ रन बनाएर आउट भए । ढकालले ६ रन बनाए ।

बलिङतर्फ बसन्त रेग्मीले तीन तथा पवन सर्राफ र सुवोध भाटीले २–२ विकेट लिए । यसैगरी अमृत भट्टराई र सुशन भारीले एक(एक विकेट लिए ।

यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डौ गोल्डेन्स वारिसर्यले निर्धा्रित १७ ओभरको खेलमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो । पोखरा मैदानमा हुस्सु लागेपछि १७ ओभरमा झारिएको खेलमा टस हारेर काठमाण्डौले पहिला ब्याटिङ गरेको थियो ।

सुरुआत भने राम्रो गर्न नसकेको काठमाण्डौका लागि कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट पारी खेलेका थिए । उनले ३८ बल खेल्दै १०० रनको शतकीय पारी खेले । घरेलु क्रिकेटमा सतक बनाउने ज्ञानेन्द्र दोस्रो नेपाली खेलाडी बनेका छन् ।

यसअघि आसिफ शेखले इपीएलमा सतक बनाएका थिए ।  यस्तै पोखरा प्रिमियर लिगमा शतक बनाउने ज्ञानेन्द्र पहिलो खेलाडी हुन् । गौरब तोमारलाई शून्य रनमा गुमाएको काठमाण्डौको इनिङ्सलाई जयकिशन कोल्सावाला र अमित श्रेष्ठले अगाडि बढाएका थिए । यी दुईबीच ५१ रनको साझेदारी भएको थियो । अमित २१ बलमा ३४ रन जोड्दै आउट भए । त्यसपछि क्रिजमा आएका ज्ञानेन्द्रले ३७ बलमा शतक पूरा गरे ।

आक्रामक ब्याटिङ गरेका ज्ञानेन्द्रले ९ छक्का र ८ चौका प्रहार गर्दै शतक बनाएका हुन् । शतक प्रहार गरेलगत्तैको बलमा ज्ञानेन्द्र आउट भएका थिए ।

Advertisement

यसैगरी कोल्सावाला चौथो विकेटको रुपमा ४६ रन बनाएर पेभेलिनय फर्किएका थिए । उनले ४६ रन बनाए । पाँचौँ विकेटको रुपमा सुवोध भाटी खाता नै खोल्न नसकी आउट भए। धनगढीका कमलसिंंह ऐरीले चार तथा सागर ढकालले एक विकेट लिए ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top