×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026

पीपीएल : विराटनगरद्धारा साविक विजेता पोखरा पराजित

२ पुष २०७६

२ पुस, पोखरा ।
पोखरा प्रिमियर लिग (पीपीएल) मा विराटनगर टाइन्टसले साविक विजेता पोखरा पल्टनलाई हराएको छ । बुधबार पोखरा रंगशालामा भएको खेलमा विराटनगरले पोखरालाई ४५ रनले पराजित गर्दै अघिल्लो चरणको संभावना कायमै राखेको हो । १ सय ४६ रनको लक्ष्य पछ्याएको पोखरा पल्टन १९।५ ओभरमा एक सयमा रनमा अल आउट भयो ।

चौथो ओभरको दोस्रो बलमा जितेन्द्र मुखियाले ओपनर कुशल भुर्तेललाई २४ रनमा एलबी डब्लू आउट गरे । भुर्तेलले १३ बलमा ३ छक्का र १ चौका प्रहार गरे । जितेन्द्रले यसै ओभरको पाँचौ बलमा भारतीय ब्याट्सम्यान रविइन्दर सिंहलाई शून्यमा बोल्ड आउट गरे । ११ औं ओभरको पाँचौ बलमा साहब आलमले आशिफ शेखलाई १३ रनमा कट एण्ड बोल्ड आउट गरे । उनले २२ बलमा १ चौका प्रहार गरे । १२ औं ओभरको चौथो बलमा पाकिस्तानका स्पिनर नोमन खानले कुशल मल्ललाई शून्यमा एलबीडब्लु आउट गरेपछि पोखरा ७०–४ को कमजोर अवस्थामा पुगेको थियो । १३ औं ओभरको पाँचौ बलमा कप्तान शरद भेषावकरलाई मोहम्मद जैद आलमले शून्यमा एलबी डब्लू आउट गरेपछि पोखरा संकटमा परेको थियो ।

Advertisement
Advertisement

रोहित कुमार पौडेल जैदको १५ औं ओभरको तेस्रो बलमा ठूला सट खेल्ने क्रममा लङ अनमा साहब आलमबाट ३२ रनमा क्याच आउट हुनपुगेपछि विराटनगर जिततर्फ अघि बढेको थियो । रोहितले ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरे । प्रथमेश दाके ३, राशिद खान ८ र ललित नारायण राजवंशी १ रनमा आउट भए । विराटनगरको लागि युवा तीब्र गतिका बलर किशोर महतोले ३.५ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । त्यस्तै मोहम्मद जैद आलमले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । जितेन्द्र मुखियाले ३ ओभरमा २१ रन खर्चेर २ महतवपूर्ण विकेट लिए । पुनित मेहरा, साहब आलम र नोमन खानले १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४५ रन बनाएका थिए । विराटनगरलाई बलियो अवस्थामा पुर्याउन भारतीय अलराउन्डर पुनित मेहराले २६ बलमा ५ चौका र ४ छक्का सहित ६१ रनमा अविजित रहे । राजु रिजाल ९ रनमा अविजित रहे । छैटौं विकेटका लागि पुनित र राजुले ५।१ ओभरमा ६९ रनको अविजित साझेदारी गरेका थिए ।

पुनितले १९ औं ओभरमा राशिद खानलाई समान २ चौका र छक्का सहित २२ रन जोडेका थिए। अन्तिम ओभरमा प्रथामेश दाकेलाई पुनितले २ छक्का र १ चौका सहित कुल २२ रननै जोडे । ओपनर सुनिल धमला र मोहम्मद जैद आलमले पहिलो विकेटका लागि ५० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । नवौं ओभरको दोस्रो बलमा कुशल मल्लले प्रथामेथ दाकेबाट लङअनमा जैदलाई २६ रनमा क्याच आउट गराए । जैदले २७ बलमा समान २ चौका र छक्का प्रहार गरे ।

१४ औं ओभरको पहिलो बलमा सवैजीत लड्डाले ओपनर सुनिल धमलालाई कप्तान शरद भेषावकरबाट ३६ रनमा क्याच आउट गराए । धमलाले ४० बलमा समान २ चौका र छक्का प्रहार गरे । लगत्तै अर्को बलमा कप्तान प्रदीप ऐरी ६ रनमा रन आउट हुन पुगे । शरदको १५ औं ओभरको दोस्रो बलमा ठूलो सट खल्न खोज्दा नोमन खान आशिफ शेखबाट १ रनमा क्याच आउट भए ।

यसै ओभरको पाँचौ बलमा लोकेश बमलाई शरदले एलबी डब्लू आउट गर्दै २ रनमा पेभिलिएन फर्काए । पोखराका कप्तान शरद भेषावकरले २ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । कुशल मल्ल र सर्वजीत लड्डाले १-१ विकेट लिए ।

Advertisement
Advertisement

पोखराले पहिलो खेलमा काठमाडौं गोल्डेन्स वारियर्सलाई ९ विकेटले हराएको थियो । दोस्रो खेलमा पोखरा चितवन राइनोजसँग ६ विकेटले पराजित भएको थियो । विराटनगर पहिलो खेलमा धनगढी एक्स्पर्ट ब्लुजसँग ५ रनले पराजित भएको थियो । अब हुने चौथो खेलमा पोखराले शुक्रबार बुटवल ब्लास्टर्ससँग खेल्ने छ । शनिवार विराटनगरले काठमाडौंको सामना गर्ने छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top