×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

पीपीएलः बुटवल ब्लास्टर्सलाई हराउँदै चितवनको लगातार दोस्रो जित

३ पुष २०७६

३ पौष, कास्की । पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) अन्तर्गत चितवन राइनोजले बुटवल ब्लास्टर्समाथि ११९ रनको फराकिलो जित हात पारेको छ । पारस खड्काको कप्तानीमा रहेको चितवनको प्रतियोगितामा लगातार दोस्रो जित हो ।

चितवनले दिएको ठूलो लक्ष्य पछ्याएको बुटवल १८ दशमलव ४ ओभरमा ८४ रनमै समेटियो । बुटवलका लागि मध्यक्रमका शिवम सिंह, भीम सार्की र हरिबहादुर चौहानबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।

Advertisement
Advertisement

सुरुवाती ब्याट्सम्यानहरु अफ्तावउद्दिन अहमद २, शंकर राना ५ र हर्ष टंक १ रनमा आउट भएका थिए । चौथो नम्बरमा आएका शिवम्ले ३३ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३३ रन बनाएर विक्रम भुसालको बलमा आउट भए ।

पाँचौं नम्बरमा आएका भीम सार्कीले पनि विक्रम सोवको बलमा आउट हुनुअघि २१ ब्लमा २१ रन जोडे । कप्तान सोमपाल कार्मी ३, शेर मल्ल २ र हरिबहादुर चौहान १० रन बनाएर आउट भए ।

बलिङमा करण केसीले ४ विकेट लिए । उनले ४ ओभरमा १० रनमात्र खर्चिए । रोहन मुस्तफाले ३ ओभरमा ५ रन खर्चेर २ विकेट लिए । सन्नी पटेल, भुवन कार्की, विक्रम सोब र विक्रम भुसालले १–१ विकेट लिए ।

यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले कप्तान पारस र रोहन मुस्तफाको सानदार अर्धशतकको सहयोगमा ३ विकेट गुमाएर २ सय ३ रनको योगफल खडा गरेको थियो । पीपीएल इतिहासमा एकै इनिङ्समा बनेको यो सर्बाधिक योगफल हो ।

चितवनका लागि ओपनिङमा आएका कप्तान पारस र रोहनले १ सय १७ रनको शतकीय साझेदारी गरेसँगै चितवन ठूलो योगफलतर्फ अघि बढेको थियो । ११ दशमलव ३ ओभरमा कप्तान पारस खड्का ६३ रनको स्कोरमा अफ्तावउद्दिन अहमदको बलमा सोमपाल कामीको हातबाट क्याचआउट भए । उनले ४० बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

तेस्रो नम्बरमा आएका बाबर हायत १ रन बनाएर आउट भए । उनलाई पनि अहमदले नै बोल्ड गरेका हुन् । त्यसपछि आएका आरिफ शेखसँग मिलेर रोहनले ६५ रनको अर्धसतकीय साझेदारी गरे ।

Advertisement

अन्तिम ओभरको तेस्रो बलमा अविनाश बोहोराको बलमा क्याचआउट हुनुअघि आरिफले १९ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४० रन प्रहार गरे । रोहन ७० रनमा अविजित रहे । उनले ५६ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top