बिर्तामोड नगरपालिकालाई बन्द मुक्त क्षेत्र बनाउनुपर्नेमा जोड

२६ फागुन ७४, आइतबार

झापा, फागुन २७
झापाको बिर्तामोड नगरपालिकालाई अब सँधैका लागि बन्दमुक्त क्षेत्र बनाउनुपर्नेमा उद्योगी व्यवसायी तथा सामाजिक क्षेत्रका अगुवाहरुले जोड दिएका छन् ।

Advertisement

निर्वाचन पश्चात् मुलुकमा राजनीतिक संक्रमण अन्त्य भई स्थायित्वतर्फ अघि बढेकाले समृद्ध मुलुक निर्माणका लागि बन्द हड्ताल मुख्य बाधक भएको उनीहरुको निष्कर्ष छ ।

आज संवाद समूह झापाले संयोजन गरेको छलफलमा सहभागी उद्योगी व्यवसायी, सामाजिक क्षेत्रका अगुवा तथा निवर्तमान सांसद लगायतले बन्दले कसैको हित नगर्ने बताएका हुन ।

Advertisement

उनीहरुले सबै सरोकारवाला एकजुट भएर बिर्तामोडलाई बन्दमुक्त बनाउन आव्हान समेत गरेका छन् । बिर्तामोड नगरपालिका र बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा सबै उद्योगी व्यवसायी, राजनीतिक दल, सामाजिक संघ–संस्थाको साझा धारणा तयार गरी बिर्तामोडलाई बन्दमुक्त गर्न उनीहरुले सुझाव समेत दिएका छन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top