Nepal Times
Nepal Times
3
Shares

प्रदेश १ को स्थायी राजधानी जेठमा टुंगो लाग्ने

प्रदेश १ को स्थायी राजधानी जेठमा टुंगो लाग्ने

विराटनगर, फागुन २७
आगामी जेठ महिना भित्र प्रदेश १ को स्थायी राजधानी टुंगो लाग्ने भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी जेठ भित्र प्रदेशको राजधानी टुंगो लगाउने बताएका हुन् ।

उनले राजधानी तय गर्दा कसैको पनि दवावमा नपरी निर्णय लिने पनि स्पष्ट पारे । मुख्यमन्त्री राईले प्रदेशको राजधानी तय गर्ने काम दवावमा नहुने पनि स्पष्ट पारे ।

काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रदेशको राजधानी तोक्ने काम प्रदेश सभाको २ तिहाई बहुमतले गर्ने संवैधानिक व्यवस्थाबारे पनि स्मरण गराए ।

मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई नमूना प्रदेश बनाउने गरी गुरु योजना बनाउन लागिएको पनि उल्लेख गरे । उनले सुशासन र समृद्धिलाई आफू नेतृत्वको प्रदेश सरकारले उच्च प्राथमिकता दिने प्रतिवद्धता पनि दोहो¥याए ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.