नेपालमा चिनियाँ प्याजको आयात ह्वात्तै बढ्यो

४ पुस, रसुवा । नेपाली बजारमा प्याजको अभाव भएपछि चिनियाँ प्याजको आयात ह्वात्तै बढेको छ ।

विगतमा थोरै मात्रामा चीनबाट नेपालमा प्याज आयात भइरहेकामा रसुवागढी नाकाबाट गएको मंसिर महिनामा मात्र चार लाख किलोग्रामभन्दा बढी प्याज आयात भएको छ ।

रसुवागढी नाकाबाट दुई सातादेखि दैनिक कम्तीमा ५० देखि १०० टनका दरले चिनियाँ प्याज आयात भइरहेको छ । बिचौलियाका कारण भारतबाट हुने प्याजको आयात प्रभावित भएपछि व्यापारीले चिनियाँ प्याज आयात गरेका हुन् ।

Advertisement

चालू आर्थिक वर्ष २०७६(७७ को पाँच महिनामा ९ लाख १३ हजार किलो प्याज आयात भएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुन्यविक्रम खड्काकाअनुसार चार करोड ४० लाख मूल्य बराबरको प्याज रसुवागढी नाका हुँदै आयात भएको हो ।

पाछिल्लो पाँच महिनामा रसुवा भन्सार कार्यालयले प्याजको मात्रै ४६ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । प्याजबाहेक रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता–चप्पल, चस्माको फ्रेमलगायत सामग्री आयात भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top