जेसीज टेस्टी टेस्टी क्वीज कन्टेस्टको उपाधि बीकेभीएमलाई

४ पुस ७६, शनिबार

४ पुस, विराटनगर ।
विराटनगर जुनियर जेसीजको २४ औँ जेसीज टेस्टी टेस्टी क्वीज कन्टेस्टको उपाधि बाल कल्याण विद्या मन्दिर(बीकेभीएम) ले जितेको छ । शुक्रबार विराटनगरको वीरेन्द्र सभागृहमा भएको फाईनलमा बीकेभीएमले २३० अंक ल्याउँदै उपाधि विजेता बनेको हो ।

विजेता बीकेभीएमले ३० हजार रुपैँया नगदसहित ट्रफी मेडल, प्रमाणपत्र र विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गरेको छ । त्यस्तै २१० अंक सहित सहिद स्मृती स्कुल दोस्रो भएको छ भने १९० अंकसहित आदर्श स्कुल तेस्रो भएको छ । सहिद स्मृतीले २० हजार नगद र आदर्शले १० हजार नगदसहित मेडल, प्रमाणपत्र र विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गरेका छन् । विजेता विद्यालयका विद्यार्थीहरुलाई प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवाली, प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरी, केन्द्रीय सचिव राजेश दास ,काबरा ग्रुपका सञ्चालक नवलकिशोर काबरा लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा एभरेष्ट स्कुल चौथो, सगरमाथा स्कुल पाँचौँ र मोरङ पब्लिक स्कुल छैठौँ भए । प्रतियोगितामा सर्लाहीसहित प्रदेश १ का विभिन्न जिल्ला बाट ३६ विद्यालय सहभागी थिए । कार्यक्रममा ब्याब्सनका अध्यक्ष पुरी, केन्द्रीय सचिव राजेश दास र सगरमाथा स्कुलका संस्थापक बासुदेव न्यौपानेलाई विशेष सम्मान गरिएको थियो । त्यसैगरी प्रतियोगिता सफल बनाउन सहयोग गर्ने जेसीजमा आवद्ध तथा व्यक्ति हरुलाई विराटनगर जुनियर जेसिजकी अध्यक्ष दीपा ओडारीले मायाको चिनो प्रदान गरिन् ।

२४ वर्षदेखि निरन्तर प्रतियोगिता सञ्चालन हुँदै आएको विराटनगर जुनियर जेसिजको क्वीजलाई डीआईजी ज्ञवाली, प्याब्सन अध्यक्ष पुरी, जेसीजका वर्तमान कार्यकारिणी अध्यक्ष श्यामसुन्दर पौडेल मिलन, विराटनगर जेसीजका अध्यक्ष सेवक बजगाई लगायतले आगामी दिनमा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top