×

NEPAL TIMES UPDATES

Playing
त्रिवि भित्रै’नक्कली सर्टिफिकेट’धन्दा ?आफ्नै निर्णयमा छानविन गर्दै त्रिवि || Nepal Times
May 13, 2026
Playing
एमालेको पछि लाग्यो कांग्रेस,गुण्डु पुगे विश्वप्रकाश, संसद्मा देखियो नतिजा|| Nepal Times
May 13, 2026
Playing
World News: फेरि ह*म*ला भए आणविक ब*म बनाउने Iranको चेतावनी, महाराष्ट्रमा भारी वर्षा || Nepal Times
May 13, 2026
Playing
अमेरिकी दबाब र Tehranको अडानबीच Iran को आणविक भविष्य के होला ? || Nepal Times
May 13, 2026
Playing
संसद्मा बालेनलाई लिएर महाभारत,बादलले बोलेको हटेपछि आक्रोश|| Nepal Times
May 13, 2026
Playing
Top 15 Afternoon News || May-13-2026 || Nepal Times
May 13, 2026
Playing
२२ बाट १८ मा झर्‍यो मन्त्रालयहरुको संख्या|| Nepal Times
May 13, 2026
Playing
बालेनमा दुई तिहाइको अहंकार नदेखियोस् || Nepal Times
May 13, 2026
Playing
UAE पछि साउदीले पनि Iran माथि गोप्य आ*क्र*मण गरेको खुलासा || Nepal Times
May 13, 2026
Playing
के राष्ट्रपतिले रोक्न खोजेकै अध्यादेश अब खारेज हुन्छ? || Nepal Times
May 13, 2026

कृषि क्षेत्रमा साझेदारी कार्यक्रम चलाउन उत्तरकोरिया उत्सुक

५ पुष २०७६

५ पुस, नुवाकोट ।
नेपालको लागि उत्तरकोरियाका राजदूत जो योङ मेनले नुवाकोटको विभिन्न स्थानका भ्रमण अवलोकन गर्दै यहाँको कृषिखेती एवं माछापालनसम्बन्धी जानकारी लिएका छन् ।

बिहीबार र शुक्रबार नुवाकोटको कृषि क्षेत्रअन्तर्गत माछापालन, कफी र तरकारी खेतीसम्बन्धी जानकारी लिने क्रममा राजदूत मेनले मस्य अनुसन्धान केन्द्र त्रिशूलीको सञ्चालन तथा त्यहाँबाट प्रवाह हुँदै आएको सेवाको जानकारी लिँदै नेपाल र उत्तरकोरियाबीच माछापालनको अनुभवलाई एक अर्कामा आदानप्रदान गर्न सकिए उत्पादन वृद्धि र लागत कम गर्न सकिने विश्वास व्यक्त गरे ।

Advertisement
Advertisement

“नेपालमा सफलरुपमा उत्पादन भइरहेको र धेरैको रुचिमा पर्ने ट्राउट माछा उत्तरकोरिया सञ्चालन गर्न इच्छा लागेको छ ।” उनले भने, “आवश्यक तयारी तथा उत्पादनदेखि बजारीकरणसम्मको अवस्थाको जानकारी लिँदा दुई देशबीच कूटनीतिक पहलमार्फत कृषि क्षेत्रमा साझेदारी कार्यक्रम चलाउन आवश्यक लागेको छ ।”

मस्य अनुसन्धान केन्द्रका प्रमुख ईश्वरीसिंह महतोसहित कार्यालयका प्राविधिकसँग करिब चारघण्टा भएको छलफल र माछापालनको लागि स्थलगत अनुगमनपश्चात् उत्तरकोरियामा उत्पादन हुने माछा र तरकारीखेतीलाई नेपाल भित्र्याउन र यहाँको माछा र तरकारी खेती प्रणालीलाई लैजान आफूले पहल अघि बढाउन चाहेको उनको भनाइ छ ।

पछिल्लो समयमा उत्तरकोरियाबाट नेपालमाथि हुँदै आएको सहयोग कार्यक्रम तथा लगानी कमजोर हुँदै गइरहेको अवस्थामा राजदूत मेनले नुवाकोटको मत्स्य अनुसन्धान केन्द्रपश्चात् बेलकोटगढी नगरपालिका र ककनी गाउँपालिकाको विभिन्न स्थानका किसानको ट्राउट माछापालन र कफीखेतीको अवलोकनपश्चात् दुई राष्ट्रबीच कफी र माछापालन कार्यक्रम सञ्चालनको योजना चलाउन तयारी अघि बढाउने जानकारी दिए ।

उनले मस्य अनुसन्धान केन्द्र र यहाँका किसानले पालन गर्दै आएको ट्राउट, टिलापिया, कमनकार्पलगायत जातका माछा र कफीखेती सञ्चालन गर्न दुई देशबीच समझदारी भएमा यान्त्रीकरणको प्रयोग, कम लागतमा बढी उत्पादन, बिक्रीको लागी विश्व बजार पु¥याएर परम्परागत खेतीलाई व्यावसायिकतर्फ उन्मुख गराउन सकिने प्रतिक्रिया दिए ।

Advertisement
Advertisement

“दुई देशबीच कृषिअन्तर्गत तरकारी, कफी र माछापालन सञ्चालनमा साझेदारी कार्यक्रम चलाउन भ्रमण निकै उपलब्धि रह्यो ।” उनले भने “हामी आत्मनिर्भर कसरी बन्ने भन्नेमा चिन्तित छौँ, यसमा नेपाल पनि हुनुपर्ने देखिन्छ । त्यसका लागि दुई देशबीच सहकार्य आवश्यक छ ।” (रासस)

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top