जल्दै गरेको शव प्रहरी नियन्त्रणमा

४ पुस ७६, शनिबार

५ पुस, बारा ।
बारामा जलाउँदै गरेको शवलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ ।

Advertisement

हत्यापछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको थियो ।  पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

श्रीमान् र श्रीमतीबीच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाएपछि त्यसको बारेमा बुझ्न प्रहरीको टोली गाउँ पुग्दा रामदयाल महतो नुनियाले आफ्नै श्रीमती नुनियाको शवलाई जलाउँदै गरेको खुलेपछि शवलाई नियन्त्रणमा लिएको उपरीक्षक खनालले बताए ।

Advertisement

शव पूर्णरुपमा नजलेको कारण केही हाड फेला पारेको र मृतकका श्रीमान्, सासू ससुरा सबै फरार रहेको हुँदा घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले जानकारी दिए । मृतकको माइती मोतिहारी जिल्लाको जुयाफर भन्ने ठाउँमा रहेको हो ।

माइती पक्षले नै सो घटनाको बारेमा जानकारी दिएपछि प्रहरी तत्कालै गाउँमा पुगेको थियो । तराईका जिल्लामा दाइजोका कारणले नै श्रीमतीलाई मार्ने गरेका कयौँ उदाहरण भेटिन्छ ।

Advertisement

दोषीलाई कडाभन्दा कडा कारवाही हुनु पर्दछ अनि मात्र सुधार हुन्छ महिला अधिकारकर्मी बबिता जसवालले भने । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top