नेपालगञ्ज म्याराथनलाई बृहत्तर बनाइने

४ पुस ७६, शनिबार

५ पुस, नेपालगञ्ज ।
पाँचौँ धारा नेपालगञ्ज म्याराथनका सहयात्रीहरुले आगामी वर्ष अझ ‘बृहत’ कार्यक्रम गर्ने जनाएका छन् ।

क्रियटिभ ह्याण्डसले सहयोगीदातालाई गरेको सम्मान कार्यक्रममा उनीहरुले आगामी वर्ष अझ बृहत गराउन आफ्नो तर्फबाट सहयोग बढाउने प्रतिबद्धता गरेका हुन् ।

सरकार र तत्कालिन विद्रोही माओवादीका बीचमा मंसीर ५ गते भएको बृहत शान्ति सम्झौताको सम्झना गर्दै नेपालगञ्ज म्याराथन गरिदै आएको छ । यो वर्ष शनिबार पार्न मंसीर ७ गतेलाई रोजिएको थियो ।

धारा तेल प्रमुख प्रायोजक रहेको म्याराथनले सहयोगीदातालाई उत्साहित बनाएको छ । दुई हजार सात सय बढी मानिस नेपालगञ्जको सडकमा दौडिदा ‘पार्टनर’हरु खुशी भएका हुन् ।

प्रदेश सांसद कृष्णा केसीले नेपालगञ्जको पहिचान बढाउन नेपालगञ्ज म्याराथनले ठूलो भूमिका खेलेको बताइन् । नेपालगञ्ज उपहानगरपालिकाका उपमेयर उमा थापाले आगामी वर्ष शीर्षक नै छुट्याएर सहयोग गर्ने प्रतिबद्धता गरिन् ।

केएल दुग्गडका महाप्रवन्धक प्रदीप छाजेडले दुई वर्षका लागि सम्झौता गरेको भएपनि अझै निरन्तरताका लागि पहल गर्ने बताए । उनले म्याराथन आफूले सोचेको भन्दा धेरै राम्रो भएको बताए ।

राष्ट्रिय बाणिज्य बैंकका प्रदेश प्रमुख आनन्द सुवेदी, आशिर्वाद पेन्टसका किरण गिरी, कैलपालका सञ्जय सिंह, हिसानका डा. अवनेन्द्र मिश्र, गोर्खा स्कूलका केशर आलेले नेपालगञ्ज म्याराथनलाई बृहत्तर गराएर लैजादा नेपालगञ्जको ‘इज्जत’ बढ्ने बताए ।

पहिलो वर्ष ३ सय ५० जना दौडेको नेपालगञ्ज म्याराथनमा पाँचौं संस्करणमा आइपुग्दा दुई हजार सात सय दौडेका छन् । आगामी वर्ष नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लागि परेको क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top