काठमाण्डौ म्याराथनमा आर्मीको बर्चश्व

काठमाण्डौ म्याराथनमा आर्मीको बर्चश्व

५ पुस, काठमाण्डौ ।
काठमाण्डौ म्याराथनमा पुरुष तर्फ आर्मीले बर्चश्व जमाएको छ ।

जसमा नयाँ च्याम्पियनका रुपमा नरेन्द्रसिंह रावलले बाजि मारेका छन । पहिलो पटक म्याराथनको उपाधि जितेका नरेन्द्रले आफ्नै क्लबका खेलाडीलाई पछि पार्दै उपाधि जितेका हुन् ।

४२ किलोमिटरको दुरी नरेन्द्रले २ घण्टा ३३ मिनेट २३ सेकेण्डमा पुरा गरे । दोस्रो स्थानमा बेदबहादुर सुनुवार रहे । उनले २ घण्टा ३४ मिनेट १० सेकेण्डमा पुरा गरे । तेस्रोमा ज्ञानप्रसाद भट्टराई रहे । उनले २ घण्टा ३४ मिनेट ४५ सेकेण्डमा पुरा गरे ।

यस्तै महिला तर्फको उपाधि कान्छिमाया कोजुले जितीन । उनले निर्धारीत दुरी २ घण्टा ५७ मिनेट २४ सेकेण्डमा पुरा गरिन । प्रतियोगितामा कान्छिमायाको यो लगातार तेस्रो उपाधि हो । यसअघिका दुई संस्करणमा उपाधि जितेकी कान्छिमायाले ह्याट्रिक गर्न सफल भइन ।

यस्तै हाफ म्याराथनमा त्रिभुवन आर्मीका राजन रोक्का र पूर्णलक्ष्मी न्यौपानेले स्वर्ण पदक हात पारेका छन् । काठमाण्डौमा शनिबार बिहान भएको प्रतियोगिताको पुरुषतर्फ आर्मीका राजनले निर्धारित दुरी एक घण्टा १० मिनेट २६ सेकेण्डमा पुरा गरेका हुन् ।

यस्तै आर्मीकै हरि रिमालले एक घण्टा ११ मिनेट १३ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै दोस्रो भए भने आर्मीकै रामजी बस्नेत एक घण्टा १२ मिनेटमा २१ सेकेण्डमा तेस्रो बने ।

यस्तै महिला तर्फ पूर्णलक्ष्मीले एक घण्टा २८ मिनेट सुन्य तीन सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् । यस्तै दोस्रो बनेकी शानुमाय कार्कीले १ घण्टा ३० मिनेट ०१ सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् । नेपाल पुलिसकी रेखा विष्ट एक घण्टा ३१ मिनेट ३४ सकेण्डमा दुरी पुरा गर्दै तेस्रो भइन् ।

पाँच किलोमिटरतर्फ पुरुषमा अजितकुमार यादव पहिलो भए । उनले निर्धारीत दुरी १७ मिनेट १९ दशमलव नौ एक सेकेण्डमा पुरा गरे । दोस्रो स्थानमा गजेन्द्र राई रहे । उनले १७ मिनेट ३० दशमलव ६३ सेकेण्डमा दुरी पुरा गरे । तेस्रो स्थानमा शिवबहादुर रायमाझी रहे ।

उनले १७ मिनेट ५३ दशमलव २२ सेकेण्डमा दुरी पार गरे । महिला तर्फ आर्मीकी सरस्वती भट्टराई पहिलो भइन । उनले २२ मिनेट ३ दशमलव चार एक सेकेण्डमा दुरी पुरा गरिन । दोस्रो स्थानमा पुलिसकी विर्सना कुमाल रहिन ।

विर्सनाले २३ मिनेट नौ दशमलव तीन एक सेकेण्डमा दुरी पुरा गरिन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.