×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

सात जिल्लाका एसपी फेरिए, डिआइजी सरुवामा विवाद

५ पुष २०७६

५ पुस, काठमाडौं ।
प्रहरी प्रधान कार्यालयले सात जिल्लाका प्रहरी प्रमुख हेरफेर गरेको छ ।  शुक्रबार २४ जना एसपीको सरुवा गर्दै जिल्ला इन्चार्जहरू हेरफेर गरिएको हो ।

झापामा एसपी कृष्णप्रसाद कोइराला, धनुषामा रमेशकुमार बस्नेत, सिन्धुलीमा रञ्जु सिग्देल, रौतहटमा रविराज खड्का, चितवनमा गंगा पन्त, मकवानपुरमा सुशीलसिंह राठौर र कञ्चनपुरमा मुकुन्द मरासनीको सरुवा भएको छ ।

Advertisement
Advertisement

सातै जिल्लामा करिब १० महिनापछि जिल्ला इन्चार्जको सरुवा भएको हो ।  सामान्यतः एक वर्ष पुगेपछि एसपीको सरुवा हुने गर्दछ ।

झापाका दिनेशराज मैनाली दंगा नियन्त्रण गण सुनसरी, धनुषाका शेखर खनाल, कञ्चनपुरका दिनेश आचार्य, सिन्धुलीका चक्रबहादुर सिंह प्रहरी प्रधान कार्यालय, मकवानपुरका मुकेश सिंह महानगरीय अपराध महाशाखा, रौतहटका भूपेन्द्र खत्री प्रहरी एकेडेमी, चितवनका दानबहादुर मल्लको अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको छ ।

यसअघि काजमा पठाइएका एसपीहरूको सम्बन्धित जिल्लामै दरबन्दी कायम गरिएको छ । जसमा स्याङ्जामा जनार्दन बिसी, काभ्रेमा रविकुमार पौडेल, सर्लाहीमा विश्वमणि पोखरेल र धादिङमा रवीन्द्र रेग्मी छन् ।

डिआइजी सरुवा विवादमा

गृह मन्त्रालयले बुधबार गरेको दुई डिआइजीको सरुवा विवादमा परेको छ । जुनियरको कमान्डमा सिनियरलाई राखेपछि विवाद भएको हो । सरुवामा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा डिआइजी विश्वराज पोखरेललाई खटाइएको थियो ।

महानगरीय प्रहरी कार्यालयअन्तर्गतको महानगरीय विमानस्थल सुरक्षा कार्यालयमा पोखरेलभन्दा सिनियर डिआइजी सूर्य उपाध्याय छन् । प्रहरीमा जुनियरको कमान्डमा सिनियरहरू खटाइँदैन । सोही कारण सरुवामा समस्या भएको छ ।

यस विषयमा बिहीबार गृह मन्त्रालयमा छलफल भएको थियो । गृह मन्त्रालयका अधिकारीहरू प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कमजोरीले सरुवामा त्रुटि भएको बताउँछन् । ‘को सिनियर र को जुनियर भन्ने कुरा त प्रहरी महानिरीक्षकलाई थाहा हुनुपर्ने हो,’ गृहका एक अधिकारीले भने, ‘तर सरुवामा उहाँले केही भन्नुभएन, अहिले समस्या भयो ।’

स्रोतका अनुसारको आफूभन्दा जुनियरको कमान्डमा नबस्ने भन्दै डिआइजी उपाध्याय बिदामा बसेका छन् । प्रहरी महानिरीक्षक खनालले सीधै आफूलाई ब्रिफिङ गर्न भने पनि कानुनी रूपले भने महानगरीय प्रहरी आयुक्तलाई नै ब्रिफिङ गर्नुपर्ने अवस्था छ ।

Advertisement

गत वर्ष पनि यस्तै समस्या आएपछि विमानस्थल प्रहरी प्रमुख रहेका डिआइजी शेरबहादुर बस्नेत सरुवा मागेर सुरक्षा परिषद् गएका थिए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top