×

NEPAL TIMES UPDATES

Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-04-2083 || Nepal Times
Apr 17, 2026
Playing
छोराको बिल तिर्न नसक्दा अस्पतालले डिस्चार्ज दिएन,पैसा खोज्न हिडेकी आमा सम्पर्कविहीन || Nepal Times
Apr 17, 2026

संघीय निजामति ऐन पारित नहुँदा काम गर्न समस्या

५ पुष २०७६

५ पुस, जनकपुर ।
प्रदेश नम्बर २ को प्रदेश लोकसेवा आयोगले पूर्णता पाएपनि संघीय निजामति ऐन पारित हुन नसक्दा काम गर्न समस्या देखिएको छ ।

संघीय निजामति ऐन संघीय संसदमा विषयगत छलफलको क्रममा रहेको छ । ऐन पारित भएपछि मात्रै कर्मचारीहरुको जिम्मेवारी, काम र कर्तव्य तथा सेवासुविधाबारे स्पष्ट हुनेछ ।

Advertisement
Advertisement

प्रदेश नम्बर २ लोकसेवा आयोगका प्रवक्ता गंगेश गुञ्जन झाले संघीय संसदबाट निजामति ऐन मस्यौदा पारित नहुदाँसम्म काम गर्न अफ्ठ्यारो रहेको बताए ।

यद्यपी प्रदेश लोकसेवा आयोगले आन्तरिक रुपमा विभिन्न मस्यौदालाई अन्तिम रुप दिइसकेको छ । प्रदेश लोकसेवा आयोगलाई चाहिने कर्मचारी भर्नाका लागि आवश्यक ऐन–कानुन तथा विज्ञहरूको छनोटका लागि प्रक्रिया सुरु भइसकेको हो ।

०७६ कात्तिक ४ मा पूर्णता पाएको प्रदेश लोकसेवा आयोगले पहिलो चरणमा कार्यालय व्यवस्थापनका साथै कर्मचारी भर्नाका लागि आवश्यकपर्ने ऐन, नियमावली, निर्देशिका तथा आचारसंहिता लगायत मस्यौदा निर्माणका आन्तरिक गृहकार्यमा गरिरहेको प्रवक्ता झाले जानकारी दिए ।

विभिन्न मस्यौदाहरु तयार भएपछि आयोगले गति लिने समेत उनले स्पष्ट पारे । प्रदेश लोकसेवा आयोगको मापदण्डको हिसाबले प्रदेश लोकसेवाले पनि कर्मचारी भर्ना गर्नसक्ने उनले बताए ।

प्रदेशको आवश्यकता र भूगोललाई ध्यानमा राखेर प्रदेश लोकसेवाको ऐन–कानुनको मस्यौदा तयार गरिरहेको उनको भनाइ छ । प्रदेश सरकार तथा प्रदेश नम्बर २ का स्थानीय तह, प्रदेश प्रहरी लगायतका लागि आवश्यक पर्ने कर्मचारी प्रदेश लोकसेवाले छनोट गर्ने संवैधानिक व्यवस्था रहेको झाले बताए ।

प्रवक्ता झाले प्रदेश लोकसेवा आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आवश्यक कर्मचारीको विवरण बुझाउन पत्रचारसमेत गरिसकेको जनाए ।

भर्ना आह्वानअघि प्रदेशका कुन मन्त्रालयका कति कर्मचारीको आवश्यकता छ ? प्रदेश सरकारलाई कति प्राविधिक कर्मचारी चाहियो ? तथा कुन विभागमा कति कर्मचारी चाहियो लगायत विषयमा स्पष्टता जरुरी रहेको उनको भनाइ छ ।

कर्मचारी छनोटका लागि सम्बन्धित विषयका विज्ञको आवश्यकता पर्ने भएकाले निकट भविष्यमै उनीहरूको छनोट गरिने पनि प्रवक्ता झाले बताए ।

Advertisement

प्रदेश लोकसेवा आयोगको अध्यक्षमा प्रा. सुरेन्द्रप्रसाद यादव, सदस्यहरु महारुद्र झा र डा. सुजाता देव रहेका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top